किरण, रोहित र अभिषेकलाई बाहिरै राखेर फुटबल टोली घोषणा | Khabarhub Khabarhub

किरण, रोहित र अभिषेकलाई बाहिरै राखेर फुटबल टोली घोषणा


३ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिफा विश्वकप छनोट तथा एसियन कप छनोट अन्तर्गत अष्ट्रेलियासँगको खेलका लागि नेपालले प्रारम्भिक फुटबल टोलीको घोषणा गरेको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले शनिबार ३१ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको हो ।

नेपाली फुटबल टोलीका कोच योहान कालिनले घोषणा गरेको टोलीमा दर्शन गुरुङ पहिलो पटक टिमको प्रारम्भिक टोलीमा परेका छन् । दर्शन शनिबार सकिएको ‘ए’ डिभिजन लिगका युवा खेलाडी घोषित भएका थिए ।

नियमित कप्तान तथा गोलकिपर किरण चेम्जोङ, अभिषेक र रोहित चन्द प्रारम्भिक टोलीमै परेका छैनन् ।

किरण भारतको आईलिगमा व्यस्त रहेका छन् । रोहित इन्डोनेसियामा पर्सिजा जकार्ताको टिमबाट नयाँ सिजनको तयारी गरिरेहका छन् ।

यस्तै नियमित रहदै आएका दिनेश राजवंशी, अभिषेक रिजाल र सन्तोष तामाङ पनि प्रारम्भिक टोलीमा परेका छैनन् ।

नेपालले मार्च ३१ मा अष्ट्रेलियासँग घरेलु खेल खेल्नेछ । खेल दशरथ रंगशालामा हुनेछ ।

प्रारम्भिक टोली :

विकेश कुथु, विशाल श्रेष्ठ, एलेन न्यौपाने, रजिन धिमाल, सुमन अर्याल, अमित तामाङ, सरोज दाहाल, अजित भण्डारी,छिरिङ गुरुङ, विकास खवास, अनन्त तामाङ, देबेन्द्र तामाङ, दिलेन लिक्तान, विशाल राई बी, सेसेहाङ आङ्देम्बे, तेज तामाङ, बिक्रम लामा, सुवास गुरुङ, मिक्छेन तामाङ,पुजन उपरकोटी, एरिक विष्ट, सुजल श्रेष्ठ, रबि पासवान, सुनिल बल, अन्जन बिष्ट, जर्ज प्रिन्स कार्की, दर्शन गुरुङ, भरत खवास, नवयुग श्रेष्ठ, आशिष लामा, विमल राना

प्रकाशित मिति : ३ फाल्गुन २०७६, शनिबार  ६ : ३९ बजे

भारतका प्रधान न्यायाधीश डा चन्द्राच्युड नेपालमा

काठमाडौं–  प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको निमन्त्रणामा भारतका प्रधान न्यायाधीश डा

पेटमा गोली लागेपछि सडकमै ढलेकी थिइन् एनिका

झापा- उदयपुर घर भएकी १८ वर्षीया एनिका अधिकारी शुक्रबार मध्यान्ह

फ्लप भएपछि शो बन्द गर्दै कपिल ?

काठमाडौं– भारतीय कलाकार कपिल शर्माले ‘द इन्डिय कपिल शर्मा शो’बाट

बिहीबार नेप्सेमा सकारात्मक सर्किट हान्ने ३ लघुवित्तको वित्तीय विवरण कस्तो ?  

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बिहीबार ७ अंकले घट्दा पनि

भैंसीपाटीस्थित सीजी फुड्स पार्कमा आक्रमण, २२ जना पक्राउ

काठमाडौं – चौधरी ग्रुपद्वारा सञ्चालित ललितपुरको भैंसेपाटीस्थित सीजी फुड्स पार्कका