हुथी विद्रोहीद्वारा टोर्नेडो लडाकु विमान खसालेको दाबी « Khabarhub

हुथी विद्रोहीद्वारा टोर्नेडो लडाकु विमान खसालेको दाबी


३ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

साना– यमनमा युद्धरत हुथी विद्रोहीले ‘दुश्मनको’ टोर्नेडो लडाकु विमान खसालेको दाबी गरेको छ ।

हुथी विद्रोहीद्वारा सञ्चालित अल मशिरा टेलिभिजनमा सम्बोधन गर्दै हुथी विद्रोहीका प्रवक्ता याहाया सारीले यमनको अल–जफ प्रान्तमा लडाकु विमान खसालेको दाबी गरेका हुन् ।

उनले उक्त लडाकु विमानलाई जमिनबाट आकाशमा मार हान्न सक्ने अत्याधुनिक क्षेप्यास्त्रले खसालेको समेत जनाए ।
यसक्रममा कुनै हताहती भए नभएकोबारे भने खुलाइएको छैन ।

यमनमा इरान समर्थित हुथी विद्रोहीविरुद्ध कारवाही गर्दै आएको साउदी अरब नेतृत्वको गठबन्धनले भने हुथी विद्रोहीको दाबीबारे कुनै टिप्पणी गरिसकेको छैन । सन् २०१४ मा हुथी विद्रोहीले राजधानी सानासहित मुलुकको ठूलो भूभाग कब्जा गरेयता यमन गृहयुद्धमा फसेको छ ।

सन् २०१५ मा साउदी अरबले हुथी विद्रोहलाई परास्त गर्न हवाई कारवाही थालेपछि त्यहाँको अवस्था अझ खराब बन्दै गएको छ । यमनमा जारी युद्धमा दशौं हजारले ज्यान गुमाइसकेका छन् भने अरु लाखौं यमनीहरुले मानवीय संकटको समाधान गरिरहेका छन् ।

प्रकाशित मिति : ३ फाल्गुन २०७६, शनिबार  ७ : १६ बजे

गोप्य सूचना चुहाउनेलाई कानुनी कठघरामा ल्याइन्छ : गृहमन्त्री

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले गोप्य सूचना चुहाउनेलाई कारबाही हुने बताएका

धनगढीमा चट्याङ लागेर सात जना घाइते

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन