हुथी विद्रोहीद्वारा टोर्नेडो लडाकु विमान खसालेको दाबी « Khabarhub

हुथी विद्रोहीद्वारा टोर्नेडो लडाकु विमान खसालेको दाबी


३ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

साना– यमनमा युद्धरत हुथी विद्रोहीले ‘दुश्मनको’ टोर्नेडो लडाकु विमान खसालेको दाबी गरेको छ ।

हुथी विद्रोहीद्वारा सञ्चालित अल मशिरा टेलिभिजनमा सम्बोधन गर्दै हुथी विद्रोहीका प्रवक्ता याहाया सारीले यमनको अल–जफ प्रान्तमा लडाकु विमान खसालेको दाबी गरेका हुन् ।

उनले उक्त लडाकु विमानलाई जमिनबाट आकाशमा मार हान्न सक्ने अत्याधुनिक क्षेप्यास्त्रले खसालेको समेत जनाए ।
यसक्रममा कुनै हताहती भए नभएकोबारे भने खुलाइएको छैन ।

यमनमा इरान समर्थित हुथी विद्रोहीविरुद्ध कारवाही गर्दै आएको साउदी अरब नेतृत्वको गठबन्धनले भने हुथी विद्रोहीको दाबीबारे कुनै टिप्पणी गरिसकेको छैन । सन् २०१४ मा हुथी विद्रोहीले राजधानी सानासहित मुलुकको ठूलो भूभाग कब्जा गरेयता यमन गृहयुद्धमा फसेको छ ।

सन् २०१५ मा साउदी अरबले हुथी विद्रोहलाई परास्त गर्न हवाई कारवाही थालेपछि त्यहाँको अवस्था अझ खराब बन्दै गएको छ । यमनमा जारी युद्धमा दशौं हजारले ज्यान गुमाइसकेका छन् भने अरु लाखौं यमनीहरुले मानवीय संकटको समाधान गरिरहेका छन् ।

प्रकाशित मिति : ३ फाल्गुन २०७६, शनिबार  ७ : १६ बजे

कांग्रेस सभापति देउवा भृकुटीमण्डप नजाने

काठमाडौं – सामाजिक संजालमा केही व्यक्तिले कांग्रेस सभापति देउवा विशेष

विशेष महाधिवेशनका प्रतिनिधिको आवाजप्रति देउवा सकारात्मक : के छ सहमतिको आधार ?

काठमाडौं – नेपाली कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश

काभ्रेको जनमुक्ति मार्ग तीब्र गतिमा निर्माण हुँदै 

धुलिखेल– काभ्रेपलाञ्चोकमा निर्माण भइरहेको जनमुक्ति मार्गलाई तीव्र गतिमा अगाडि बढाएको

दिक्तेल बजारको सडक ढलान सकियो, सौन्दर्यकरणको काम हुँदै

खोटाङ– खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको सडक ढलानको काम

रौतहटमा तीन हजार ८५१ निर्वाचन प्रहरी भर्ना गरिने

रौतहट– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य