अफ्रिकामा पनि देखा पर्‍यो कोरोना भाइरसको संक्रमण « Khabarhub

अफ्रिकामा पनि देखा पर्‍यो कोरोना भाइरसको संक्रमण


३ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कायरो– इजिप्टमा पहिलो पटक कोरोना भाइरसको संक्रमण फेला परेको छ ।

यससँगै चीनबाट शुरु भएको कोरोनाभाइरसको संक्रमण पहिलो पटक अफ्रिकी महादेशमा पनि देखा परेको हो । इजिप्टको स्वास्थ्य मन्त्रालयले जनाएअनुसार कोरोनाभाइरसको संक्रमण देखा परेका व्यक्ति विदेशी नागरिक हुन् ।

उनको राष्ट्रियता वा अन्य कुनै किसिमका पहिचान भने खुलाइएको छैन । संक्रमित व्यक्तिलाई अस्पतालमा अरु बिरामीबाट अलग्गै राखेर उपचार भइरहेको छ ।

ती व्यक्तिमा गरिएको परीक्षणमा कोरोनाभाइरसको सकारात्मक नतिजा आएपनि उनमा कोरोनाभाइरसको गम्भीर लक्षण भने नदेखिएको जनाइएको छ ।

वैज्ञानिकहरुले चीनको मध्य हुबेई प्रान्तबाट शुरु भएको प्राणघातक कोरोनाभाइरसको नाम कोभिद–१९ राखेका छन् । यस भाइरसको संक्रमणबाट हालसम्म १५ सय भन्दा धेरैको ज्यान गइसकेको छ भने अरु हजारौं संक्रमित भइसकेका छन् ।

चीनबाहेक भाइरसको संक्रमण दुई दर्जनभन्दा धेरै मुलुकमा देखा परिसकेको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७६, शनिबार  ८ : ५८ बजे

ताप्लेजुङ दोभानवासीको फेरि बिचल्ली, ६ वर्षमा दुईपटक आगलागी

ताप्लेजुङ– ताप्लेजुङको दोस्रो ठूलो व्यापारिक केन्द्र मानिने मेरिङ्देन गाउँपालिका–३ स्थित

युनाइटेड अजोड इन्स्योरेन्सको महिला सञ्चालकमा बिन्जु दाहाल नियुक्त

काठमाडौं– युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिले कम्पनीको महिला सञ्चालक

३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

काठमाडौं– नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले ३० अर्ब रुपैयाँको

पाठ्यक्रम पुनरावलोकनका मुद्दा : व्यावहारिक सीप, प्रविधि र जलवायु परिवर्तनदेखि विपद् व्यवस्थापनसम्म

काठमाडौं– बदलिँदो सामाजिक, आर्थिक र प्रविधिगत परिवेशअनुकूल पाठ्यक्रममा परिवर्तनका लागि

थुनिएको मर्स्याङ्दी नदीमा पानी बग्न थाल्यो

मनाङ– अविरल वर्षापछि स्थानीय घट्टेखोलामा आएको लेदोसहितको ढुङ्गा, गिट्टी, बालुवा