नेपाली भूमिमा सीमास्तम्भ गाडिएको भन्दै तोडफोड « Khabarhub

नेपाली भूमिमा सीमास्तम्भ गाडिएको भन्दै तोडफोड


२ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- नेपाली भूमिमा नेपाल–भारत सहायक सीमास्तम्भ गाडिएको भन्दै कञ्चनपुरका नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले शनिबार बेल्डाँडी गाउँपालिकामा सीमास्तम्भ तोडफोड गरेका छन् ।

सशस्त्र प्रहरी बल ३५ नं गणका गणपति शसस्त्र प्रहरी उपरीक्षक वीरसिंह साहुले केही दिनअघि मात्रै नेपाल–भारत संयुक्त सर्भे टोलीले बेल्डाँडी गाउँपालिका–३ वैवाहमा सहायक सीमास्तम्भ ७८३/४ निर्माण गरेको जानकारी दिए ।

“शनिबार कांग्रेस कार्यकर्ताले नेपाली भूमिमा सीमास्तम्भ गाडिएको भन्दै तोडफोड गरेछन्,” उनले भने, “सो सीमास्तम्भ जोर–बिजोरका आधारमा नेपाली पक्षले नै बिजोर भएकाले निर्माण गरेका थिए ।”

गणपति साहुले दक्षिण क्षेत्रमा केही दिनयता सीमा विवादको विषय छलफलको विषय भन्दा सर्भे टोलीलाई काम गर्न पनि असहज भइरहेको बताए ।

तत्कालीन संविधानसभाका पूर्व सदस्य बहादुरसिंह थापा, दिवान विष्ट र कांग्रेस जिल्ला कार्यसमितिका पदाधीकारी सीमास्तम्भ गाडिएको क्षेत्रमा पुगेका थिए ।

केही महिनाअघि सीमावर्ती भारतीय बजार बनबासामा बसेको संयुक्त सीमा सर्भे टोलीले कैलालीको खङ्ग्रौलाबाट कञ्चनपुरको ब्रह्मदेवसम्मको सीमास्तम्भ पुनःनिर्माणदेखि व्यवस्थापन गर्न बैठक डाकेको थियो ।

प्रकाशित मिति : २ चैत्र २०७६, आइतबार  १० : ०३ बजे

फापरखेतको पहिरोले पश्चिम म्याग्दीको यातायात प्रभावित

म्याग्दी– म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम

थारू बस्तीमा सखिया नाचले दसैँको रौनक

नेपालगञ्ज– दसैँ पर्वका अवसरमा बाँकेका थारू गाउँबस्तीमा परम्परागत सखिया नाचको

घटस्थापनादेखि पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

काठमाडौँ– बडादसैँ मनाउन घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजार ५७८

दसैँको अवसरमा शीतल निवासमा कन्या पूजा, राष्ट्रपतिले दिए उपहार

काठमाडौँ ‍- राष्ट्रपति रामचन्द्र पौडेलले बडा दसैँ २०८३ का अवसरमा

विपद्को बाहानामा ठूला जलाशययुक्त परियोजना रोक्नु हुँदैन : डा. बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम