स्पेनी प्रधानमन्त्री पत्नीलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि « Khabarhub

स्पेनी प्रधानमन्त्री पत्नीलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि


२ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्पेन– स्पेनी प्रधानमन्त्री पेद्रो सान्चेजकी पत्नी बेगोना गोमेजलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ ।

स्पेनको सरकारले आइतवार दिएको जानकारी अनुसार प्रधानमन्त्री पत्नीको कोरोना संक्रमण जाँच पोजेटिभ देखिएको हो ।

प्रधानमन्त्री र उनकी पत्नीको स्वास्थ्य राम्रो भएको र उनीहरुले चिकित्सा अधिकारीहरुको निर्देशन अनुसरण गर्दै मड्रिडस्थित ला मोन्क्लोआ प्लालेसमा रहेको जनाइएको छ ।

यसअघि सान्चेज मन्त्रिमण्डलका दुई मन्त्रीको कोरोना भाइरस परीक्षण पनि सकारात्मक देखिएको थियो । उनीहरु दुबै जनाको स्वास्थ राम्रो रहेको स्पेनी सरकारले जनाएको छ ।

मन्त्रिपरिषद्का अन्य सदस्यको परीक्षण भने नेगेटिभ आएको थियो ।

स्पेनमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट १९३ जनाको मृत्यु भएको छ भने ६ हजार २ सय ५० जनामा संक्रमण भएको पुष्टि भएको छ ।

स्पेनी सरकारले संक्रमणलाई ध्यानमा राख्दै देशमा आंशिक ‘लकडाउन’ सुरु गरेको छ ।

संक्रमित मध्ये करिब आधा जनसंख्या मड्रिडमा रहेको जनाइएको छ । कोरोना भाइरसको पहिलो केस जनवरीको अन्त्यमा देखिएको थियो ।

प्रकाशित मिति : २ चैत्र २०७६, आइतबार  ११ : २७ बजे

कांग्रेस महाधिवेशनमा ७ हजार ११४ मतदाता (नामावलीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा जारी रहेको छ

अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच भेटवार्ता

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको

यूईएफए नेसन्स लिग : बेल्जियममाथि फ्रान्सको सानदार जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सले सानदर जित निकालेको छ

कांग्रेस महाधिवेशन : आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ– काठमाडौँको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज