शरीरमा राखिएको स्टेन्ट निकाल्न प्रधानमन्त्री टिचिङमा, केही समयमै बालुवाटार फर्किने « Khabarhub

शरीरमा राखिएको स्टेन्ट निकाल्न प्रधानमन्त्री टिचिङमा, केही समयमै बालुवाटार फर्किने


२ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षण ‘फलोअप’का लागि त्रिवि शिक्षण (टिचिङ) अस्पताल महाराजगञ्ज पुगेका छन् ।

प्रधानमन्त्री ओली फागुन २१ गते दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्दा मुत्र नलीमा राखिएको स्टेन्ट निकाल्न आइतबार बिहान अस्पताल पुगेका हुन् ।

प्रधानमन्त्री ओलीका निजी चिकित्सक दिव्य सिंह शाहका अनुसार प्रधानमन्त्री ओलीको शरीरमा राखिएको स्टेन्ट निकालेपछि उनी आजै आफ्नो निवास बालुवाटार फर्किने छन् ।

‘उहाँ अस्पताल पुगिसक्नु भएको छ, मिर्गौला प्रत्यारोपण गरेको समयमा स्टेन्ट राखिएको हुन्छ, त्यहि निकाल्न उहाँलाई अस्पताल लगिएको हो,’ डा शाहले खबरहबसँग भनिन्, ‘स्टेन्ट निकालेर उहाँ केही समयमै बालुवाटार फर्किनुहुन्छ, अरु स्वास्थ्य परीक्षण गराउनुपर्ने छैन ।’

फागुन २१ गते दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओली १२ दिनको अस्पताल बसाइ पछि शुक्रबार डिस्चार्ज भएका थिए ।

प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा शाहका अनुसार प्रधानमन्त्री ओलीले एक महिनासम्म फलोअपका लागि अस्पतालमा गइरहनुपर्ने छ ।

प्रधानमन्त्री ओलीको प्रत्यारोपित मिर्गौलाले काम गर्न थाले पनि उनलाई संक्रमणको जोखिम भने रहने डा शाहको भनाइ छ । प्रधानमन्त्री ओली पूर्ण रुपमा स्वस्थ भएर काममा फर्किन भने ६ महिना देखि १ वर्षसम्म लाग्न सक्ने चिकित्सकले बताएका छन् ।

प्रकाशित मिति : २ चैत्र २०७६, आइतबार  ११ : ४३ बजे

रहेनन् कांग्रेसका वरिष्ठ नेता गोपालमान 

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ

चिकित्सकहरू थप रणनीति बनाउँदै (तस्बिरहरू)

काठमाडौं– वीरगञ्जस्थित नारायणी अस्पतालमा भएको कुटपिटको विरोधमा आन्दोलनरत चिकित्सक थप रणनीति

जापानमा ७.१ म्याग्निच्युडको भूकम्प पछि सुनामीको चेतावनी

टोकियो- दक्षिण पश्चिमी जापानमा मङ्गलबार ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गए

कप्तानगञ्ज घटना : छानबिन समिति घटनास्थल पुग्यो, प्रशासनमा छलफल जारी

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा भएको घटना छानबिनका लागि गठन भएको समिति

देवानगञ्ज घटनापछि सुनसरी तनावग्रस्त, आगजनी र तोडफोड, घरघरमा पसेर स्थानीयलाई कुटपिट

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा आइतबार राति भएको हिंसात्मक घटनापछि