मनसुनजन्य विपद्‌बाट बेनी–जोमसोम–कोरला सडकमा एक अर्बको क्षति, पुनर्निर्माणका लागि ४ अर्बसम्म लाग्ने « Khabarhub

मनसुनजन्य विपद्‌बाट बेनी–जोमसोम–कोरला सडकमा एक अर्बको क्षति, पुनर्निर्माणका लागि ४ अर्बसम्म लाग्ने


३ कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – पछिल्लो मनसुनजन्य विपद्का कारण चीन र भारतलाई जोड्ने रणनीतिक महत्त्वको बेनी–जोमसोम–कोरला सडकमा करिब १ अर्ब रुपैयाँ बराबरको भौतिक संरचनामा क्षति पुगेको छ । गत असोज दोस्रो साताको अविरल वर्षापछि आएको पहिरो तथा कालीगण्डकी नदीको बाढी र कटानका कारण क्षतविक्षत बनेको यो सडकलाई पुरानै अवस्थामा फर्काउन ३ देखि ४ अर्ब रुपैयाँ बजेट आवश्यक पर्ने प्रारम्भिक अनुमान गरिएको छ ।

बेनी–जोमसोम–कोरला सडक योजनाका अनुसार कालीगण्डकीको बाढीले १० ठाउँमा सडक बगाउनुका साथै ५० भन्दा बढी स्थानमा पहिरोले क्षति पुर्‍याएको छ । आयोजना प्रमुख तेजस्वी शर्माका अनुसार करिब ८० देखि ९० करोड रुपैयाँ क्षति भएको सडकलाई अस्थायी मर्मत गरी २ हप्तामै सञ्चालनमा ल्याइए पनि दिगो पुनर्निर्माणका लागि ठूलो बजेट आवश्यक पर्छ । “पहिरो र नदी नियन्त्रणका साथै म्याग्दी खण्डमा अब अस्फाल्ट पिचको डिजाइनअनुसार काम गर्नुपर्ने देखिएको छ,” शर्माले भने ।

पर्वतको मालढुङ्गादेखि मुस्ताङको कोरला नाका जोड्ने २०२ किलोमिटर सडकमध्ये म्याग्दीको ३३ किलोमिटर दूरीमा सबैभन्दा धेरै क्षति पुगेको छ । सङ्घीय सडक सुपरिवेक्षण कार्यालय पोखराका प्रमुख नरेन्द्र सुवेदीका अनुसार आव २०७३/७४ मा निर्माण सुरु भएयता यस सडक खण्डमा हालसम्मकै उच्च क्षति भएको हो । बाढी-पहिरोपछि पहिले १ घण्टा ३ मिनेटमा पार गरिने म्याग्दी खण्ड पार गर्न अहिले ३ देखि ४ घण्टासम्म लाग्ने गरेको छ ।

पर्वत र म्याग्दीका दुई दर्जनभन्दा बढी स्थानमा पहिरो र नदी कटानले क्षति पुर्‍याएको छ । कालीगण्डकीले बगाएको पोखरेबगर सडक पुलमा अस्थायी डाइभर्सन बनाएर यातायात सञ्चालन गरिए पनि एकतर्फी बाटोका कारण सवारीसाधन फस्ने र घण्टौँ जाम हुने समस्या रहेको म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले बताए ।

उत्तरी सीमावर्ती नाका पुग्ने मालवाहक कन्टेनर, मुस्ताङ भ्रमणमा जाने पर्यटक र सर्वसाधारणको चापका कारण यो सडक निकै व्यस्त रहँदै आएको छ । केही दिनअघि क्षतिग्रस्त सडकको निरीक्षण गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले सडक पुनर्निर्माणका लागि बजेटको कमी हुन नदिने र कामलाई तीव्र गतिमा अघि बढाउने प्रतिबद्धता जनाएका थिए ।

प्रकाशित मिति : ३ कार्तिक २०८३, मंगलबार  ९ : ०४ बजे

विपद्को बाहानामा ठूला जलाशययुक्त परियोजना रोक्नु हुँदैन : डा. बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम

क्रिकेटमा प्रविधिको फड्को : एनपीएलको तेस्रो संस्करणमा डिआरएस लागू हुने

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो पटक डिआरएस

देवी दुर्गाको आराधनाभित्र लुकेको इतिहास र विज्ञान

देवी दुर्गाको पूजा किन गरिन्छ ? महिषासुरमाथि देवीले विजय प्राप्त

हिंसात्मक प्रदर्शनपछि पेरिससहित फ्रान्सका मुख्य सहरमा रात्रिकालीन कर्फ्यु

पेरिस – फ्रान्सभर सप्ताहन्तमा फैलिएको दङ्गा, तोडफोड र लुटपाटपछि फ्रान्सेली