बालुवाटार आएसँगै प्रधानमन्त्रीको सक्रियता, नेताहरुसँग भेटघाट र छलफल | Khabarhub Khabarhub

बालुवाटार आएसँगै प्रधानमन्त्रीको सक्रियता, नेताहरुसँग भेटघाट र छलफल


२ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मिर्गौला प्रत्यारोपण पछि शुक्रवार अस्पतालबाट डिस्चार्ज भएका प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटारमा स्वास्थ्य लाभ गरिरहेका छन् ।

आज (आइतवार) भने प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणपछि मुत्रनलीमा राखिएको स्टेन्ट निकालिने भएको छ । त्यसका लागि उनी शिक्षण अस्पताल पुगेका छन् ।

शुक्रवार साँझ अस्पतालबाट डिस्चार्ज भएर बालुवाटार आएसँगै प्रधानमन्त्री ओली राजनीतिक भेटघाटमा व्यस्त बने ।

प्रधानमन्त्री ओलीले शुक्रबार बालुवाटर फर्किएलगत्तै उपप्रधानमन्त्री ईश्वर पोखरेल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, महासचिव विष्णु पौडेल, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रेस सल्लाहकार सूर्य थापालगायत सचिवालयका सदस्यसँग छलफल गरेका थिए ।

त्यसपछि शनिवार पनि ओली राजनीतिक भेटवार्तामा सक्रिय नै देखिए ।

उनले विहान नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटे । उक्त भेटमा प्रचण्डले प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गरे भने पछिल्लो राजनीतिका बारेमा पनि प्रधानमन्त्रीलाई जानकारी गराए ।

त्यसपछि नेकपाका अर्का नेता माधव कुमार नेपालसँग पनि प्रधानमन्त्रीले भेट गरे । भेटमा प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना नेता नेपालले गरे ।

नेता नेपालसँगको भेटपछि प्रधानमन्त्रीले नेकपा महासचिव विष्णु पौडेलसँग भेट गरे । उनले आफ्नो सचिवालयमा रहेकाहरुसँग पनि केही बेर छलफल गरे । जुन तस्वीरसमेत प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए ।

उक्त तस्वीरमा भेटमा गएका नेताहरुले मास्क लगाएपनि प्रधानमन्त्रीले मास्क नलगाएको देखिएको छ । जसलाई लिएर सामाजिक सञ्जालमा समेत चर्चा भएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले प्रधानमन्त्रीले संक्रमणबाट जोगिनका लागि मास्क लगाउन उपयुक्त हुने सुझाव दिएका थिए ।

उक्त भेटवार्तापछि प्रधानमन्त्री ओलीले उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलसँग भेटवार्ता गरेका थिए ।

कोरोना भाइरस रोकथामका लागि गठन गरिएको उच्चस्तरिय समितको काम र यसले गरेका निर्णयहरुबारे प्रधानमन्त्रीलाई समितिका संयोजक समेत रहेका उपप्रधानमन्त्री पोखरेलले जानकारी गराएका थिए ।

प्रधानमन्त्री ओलीले अस्पताल जानु अघि आजै मुख्यसचिव लोकदर्शन रेग्मीसँग पनि छलफल गरेका छन् ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण रोक्न साझा धारणा बनाउन सार्क राष्ट्रका प्रमुखहरु भिडियो कन्फरेन्समा जोडिन लागेका छन् ।

सार्क सचिवालयलका अनुसार आज साँझ ५ बजेर १५ मिनेटमा सिंहदरबारमा सार्क भिडियो कन्फरेन्स गर्न लागिको जनाएको छ । उक्त कन्फरेन्समा प्रधानमन्त्री ओलीसमेत सहभागी हुनेछन् ।

संक्रमणको खतरा !

फागुन २१ गते मिर्गौलाको दोस्रोपटक प्रत्यारोपण गरिएपछि प्रधानमन्त्री अहिले आराम गरिरहेका छन् । प्रधानमन्त्रीमा संक्रमणको जोखिम रहने भन्दै बालुवाटारमा विशेष व्यवस्था गरिएको छ । उनले नियमित भेटघाट गर्दा संक्रमणको खतरा रहनुक्ने चिकित्सकहरुले यसअघि नै बताएका थिए ।

प्रधानमन्त्री ओलीलाई सामान्य अवस्थामा फर्कन ६ महिनादेखि १ वर्षसम्म लाग्ने प्रधानमन्त्री ओलीकी निजी चिकित्सक दिव्या सिंह शाहले बताएकी थिइन् ।

प्रधानमन्त्रीले सामान्य कार्य गर्न सकेपछि ‘सक्रियता’ पूर्वक कम गर्न नसक्ने र नहुने डा उत्तम कुमार शर्माले बताए ।
अस्पताबाट प्रधानमन्त्री ओली डिस्चार्ज भएसँगै साधारण कामहरु केही दिनपछि गर्न मिलेपनि ‘एक्सपोज’ भएर काम गर्न तीन महिना लाग्ने डा शर्माले बताए ।

‘उहाँको अवस्था जोखिम रहित भन्न सकिदैन, तीन महिना कम्तिमा पनि एक्सपोज भएर काम गर्नु हुँदैन । साधारण काम गर्नु हुन्छ तर तपाई र म जसरी कुरा गर्न मिल्दैन’ उनले भने । तर, अस्पतालबाट डिस्चार्ज भएसँगै प्रधानमन्त्रीको सक्रियता भने बढेको छ ।

प्रकाशित मिति : २ चैत्र २०७६, आइतबार  ११ : ५८ बजे

सत्ता समीकरणमा कुनै समस्या छैन् : गृहमन्त्री लामिछाने

काठमाडौं– गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रवि लामिछानेले सत्ता

अफगानिस्तानमा बाढीका कारण ७० जनाको मृत्यु

काबुल– अफगानिस्तानमा हालै आएको बाढीका कारण ७० जनाको मृत्यु भएको

उदयपुरमा जिल्ला प्रशासन कार्यालयद्वारा बजार अनुगमन

काठमाडौं– जिल्ला प्रशासन कार्यालय उदयपुरले बजार अनुगमन गरेको छ ।

झलनाथको ठाउँमा किसान, एमालेमाथि निशाना

काठमाडौं- इलाम–२ को भूगोलसँग नजिक भएर काम गरेका जितबहादुर राई

कामपाको नि:शुल्क क्यान्सर परीक्षणमा महिलाको उत्साहजनक सहभागिता

काठमाडौं–  काठमाडौं महानगरपालिका (कामपा)ले गरेको नि:शुल्क क्यान्सर परीक्षणमा महिलाहरूको उत्साहजनक सहभागिता