को को सहभागि हुँदैछन् सार्कको भिडियो कन्फरेन्समा ? « Khabarhub

को को सहभागि हुँदैछन् सार्कको भिडियो कन्फरेन्समा ?


२ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दिल्ली– कोरोना भाइरसको महामारी विश्वभर फैलिएका बेला दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कका नेताहरुबीच बेलुकी सवा ५ बजे भिडियो कन्फ्रेन्स हुँदैछ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अग्रसरतामा सार्कका नेता नेताहरुबीच भिडियो कन्फ्रेन्स हुने भएको हो ।

कोरोना भाइरस रोकथाम एवं नियन्त्रणको प्रयासका लागि साझा रणनीति तय गर्न भारतीय प्रधानमन्त्री मोदीले सार्कका मुलुकहरुमा प्रस्ताव गरेका थिए ।

पछिल्लो समय भारतीय प्रधानमन्त्रीको प्रस्ताव पाकिस्तानले स्वीकार गरेपछि सार्कका नेताहरुबीचको भिडियो कन्फ्रेन्स सम्भव भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यो कन्फ्रेन्समा मोदीसहित प्रधानमन्त्री केपी शर्मा ओली, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, अफगान राष्ट्रपति अशरफ घानी, भुटानी प्रधानमन्त्री लोटे छिरिङ, माल्दीभ्सका राष्ट्रपति इब्राहिम माहम्मद सोलिह, श्रीलंकाली राष्ट्रपति गोताबाया राजपाक्षे सहभागि हुनेछन् ।

पाकिस्तानका तर्फबाट भने स्वास्थ्य मामिलामा प्रधानमन्त्री इमरान खानका विशेष सल्लाहकार डा. जाफर मिर्जाले सहभागिता जनाउने छन् ।

विश्वभर फैलिएको कोरोना भाइरसको महामारीका कारण हालसम्म १ लाख ५० हजार भन्दा धेरै संक्रमित भइसकेका छन भने अरु ५ हजार भन्दा धेरैले ज्यान गुमाइसकेका छन् ।

प्रकाशित मिति : २ चैत्र २०७६, आइतबार  १२ : ४१ बजे

स्वास्थ्य बीमाको आर्थिक सकंट टार्न अर्थ मन्त्रालयसँग १५ अर्ब बजेट माग

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले राष्ट्रिय स्वास्थ्य बीमा

एमालेद्वारा अध्यक्ष ओलीलाई भावी प्रधानमन्त्रीमा प्रस्ताव

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले भावी प्रधानमन्त्रीका रूपमा पार्टीका

हुम्लामा औषधि खरिदमा अनियमितता : लालप्रसाद ढकालसहित ४ जनाविरुद्ध अख्तियारमा मुद्दा 

काठमाडौं– हुम्लाको ताँजाकोट गाउँपालिकामा औषधि खरिदमा नक्कली बिल बनाई रकम

प्रचण्डको आशंका : दुई चरणको चुनावमा धाँधली हुन सक्छ, फागुन २१ मै गरियोस्

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१

२६ वर्षे उम्मेदवारको अठोट- नागरिकका मौलिक हक रक्षा गर्छु, आश्वासनले मत पाउने दिन गए

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मनिष खनाल नवलपरासी