को को सहभागि हुँदैछन् सार्कको भिडियो कन्फरेन्समा ? « Khabarhub

को को सहभागि हुँदैछन् सार्कको भिडियो कन्फरेन्समा ?


२ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दिल्ली– कोरोना भाइरसको महामारी विश्वभर फैलिएका बेला दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कका नेताहरुबीच बेलुकी सवा ५ बजे भिडियो कन्फ्रेन्स हुँदैछ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अग्रसरतामा सार्कका नेता नेताहरुबीच भिडियो कन्फ्रेन्स हुने भएको हो ।

कोरोना भाइरस रोकथाम एवं नियन्त्रणको प्रयासका लागि साझा रणनीति तय गर्न भारतीय प्रधानमन्त्री मोदीले सार्कका मुलुकहरुमा प्रस्ताव गरेका थिए ।

पछिल्लो समय भारतीय प्रधानमन्त्रीको प्रस्ताव पाकिस्तानले स्वीकार गरेपछि सार्कका नेताहरुबीचको भिडियो कन्फ्रेन्स सम्भव भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यो कन्फ्रेन्समा मोदीसहित प्रधानमन्त्री केपी शर्मा ओली, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, अफगान राष्ट्रपति अशरफ घानी, भुटानी प्रधानमन्त्री लोटे छिरिङ, माल्दीभ्सका राष्ट्रपति इब्राहिम माहम्मद सोलिह, श्रीलंकाली राष्ट्रपति गोताबाया राजपाक्षे सहभागि हुनेछन् ।

पाकिस्तानका तर्फबाट भने स्वास्थ्य मामिलामा प्रधानमन्त्री इमरान खानका विशेष सल्लाहकार डा. जाफर मिर्जाले सहभागिता जनाउने छन् ।

विश्वभर फैलिएको कोरोना भाइरसको महामारीका कारण हालसम्म १ लाख ५० हजार भन्दा धेरै संक्रमित भइसकेका छन भने अरु ५ हजार भन्दा धेरैले ज्यान गुमाइसकेका छन् ।

प्रकाशित मिति : २ चैत्र २०७६, आइतबार  १२ : ४१ बजे

भारतको हिमाचल प्रदेशमा सडक दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या १४ पुग्यो

नयाँदिल्ली– उत्तरी भारतीय राज्य हिमाचल प्रदेशमा भएको सडक दुर्घटनामा ज्यान

प्रचण्डनिकट सरल सहयात्री भन्छन्-  कुलमानजी तपाईं घर फर्किनुस्  

काठमाडौं– पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाली कम्युनिष्ट पार्टीका नेता सरल

बाँकेको खजुरापिडारी नालामा बहुकोष्ठ कल्भर्ट निर्माण सुरु

जानकी– हुलाकी राजमार्गको नेपालगन्ज–गुलरिया सडक खण्डको बाँकेको पिडारी नालामा पक्की

विशेष महाधिवेशनको ‘काउन्टर’ मा हुने भनिएको युवा भेला स्थगित

काठमाडौं- ​नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवम् वरिष्ठ पत्रकार होमनाथ दाहालको

रास्वपासँगको एकता भंग भएपछि कुलमानले उज्यालो नेपालको अध्यक्ष पद सम्हाल्दै 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भंग भएपछि पूर्वमन्त्री कुलमान घिसिङले