के हो सेल्फ आइसोलेशन, कसरी बस्ने ? | Khabarhub Khabarhub

के हो सेल्फ आइसोलेशन, कसरी बस्ने ?


२ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– सेल्फ आइसोलेशनको अर्थ तपाईंले आफूलाई बाहिरी दुनियाबाट अलग राख्ने भन्ने हुन्छ ।

सेल्फ आइसोलेशनमा रहँदा हावादार कोठामा बस्नु र अलग वाथरुम प्रयोग गर्न जरुरी हुन्छ ।

यस्ता मानिसले सार्वजनिक यातायातका साधन, ट्याक्सीको प्रयोगबाट बच्न जरुरी छ ।

बेलायती प्रधानमन्त्री बोरि जोनसनले कोराना फैलनबाट रोक्नका लागि धेरै भन्दा धेरै मानिस सेल्फ आइसोलेशनमा बस्न आवश्यक भएको घोषणा गरेका थिए ।

हामी यहाँ सेल्फ आइसोलेशन के हो र यसलाई कसरी प्रयोग गर्ने भन्ने उल्लेख गर्दै छौं ।

के हो सेल्फ आइसोलेशन ?

सेल्फ आइसोलेशनको मतलब हो आफूलाई बाँकी विश्व वा व्यक्तिबाट बाहिर राख्नु ।

पब्लिक हेल्थ इग्ल्याण्डका अनुसार, सेल्फ आइसोलेशनकाका क्रममा तपाईं घरमै बस्नुपर्ने छ । काममा, स्कूल तथा सार्वजनिक क्षेत्र वा स्थानमा जान पाउनुहुने छैन ।

यसका साथै तपाई सार्वजनिक यातायात ट्याक्सीको प्रयोग गर्नुबाट बच्नुपर्ने छ ।

सेल्फ आइसोलेशनमा रहँदा हावादार कोठामा बस्नु पर्ने छ जसमा एक झ्याल होस् र त्यसलाई खोल्न सकियोस् । साथै अरु मानिसलाई उक्त कक्षमा प्रवेश गर्न दिनु हुँदैन । यी कुरा सामान्य विषयमा आउँछन् ।

जस्तो कि तपाईलाई किरानाका सामान, औषधि र अन्य सामाग्री आवश्यक भएमा अरुको सहयोग माग्नुहोस् । आफैं बजार जाने नगर्नुहोस् । साथी, परिवार या अन्य माध्यमबाट सामान मगाउनुस् र आफ्नो नजिक छोड्न लगाउनुस् ।

पब्लिक हेल्थ बेलायतका अनुसार यस बीचमा तपाईंले कसैसँग भेटघाट गर्न र मगाएको सामान ढोकासम्म छोड्ने व्यवस्था हुनुपर्छ ।

के तपाईं सेल्फ आइसोलेशनमा बस्न जरुरी छ ?

बेलायतमा फ्लू(जसको परिभाषा ३७.८ डिग्री सेल्सियस भन्दा धेरै ज्वरो या लगातार खकारलाई मानिएको छ) जस्तो लक्ष्यण भएका हरेक व्यक्ति कमसेकम सात दिनका लागि घरमा बस्न भनिन्छ ।

यस्ता हरेक व्यक्ति जो कोरोना भाइरस प्रभावित इलाका भएर आउँछन् या जसको सम्पर्क कोरोना भाइसरसँग प्रभावित शहरबाट भएको छ उनीहरुलाई पहिलो १४ दिनका लागि सेल्फ आइसोलेशनमा बस्नका लागि भनिएको छ ।

भाइरसको चपेटमा आएका व्यक्तिसँगको दूरी दुई मिटर(६ फिट) भित्र १५ मिनेट विताउने या फेस टु फेस कन्ट्याकमा आउनुलाई ‘क्लोज कन्ट्याक्ट’ मानिन्छ । र यसलाई गम्भीर जोखिमको श्रेणीमा आउँछ ।

हल्का लक्षणवाला बिरामी घरमा नै सेल्फ आइसोलेशनमा बस्न जरुरी छ । कोविड–१९ बिरामीको कारण ज्वरो, खकार या स्वास्व प्रश्वासमा समस्या आउन सक्छ । यसको लक्षण देखिन औसत पाँच दिनको समय लाग्न सक्छ ।

एकै घरमा धेरै जना भए ?

यदी तपाई सेल्फ आइसोलेशनमा हुनुहुन्छ र घरमा एक मात्र किचेन छ भने किचेनमा नजानुहोस् । किचनमा बसेर अन्य व्यक्तिसँग खाना नखानुहोस् ।

आफ्नो कक्षमा बसेर खानुहोस् । घरको सरसफाइमा विशेष ध्यान दिन भन्नुहोस् । साफसफाइ गर्न प्रयोग गरिने उत्पादनको प्रयोग गर्ने गर्नुहोस् ।

तपाई आफ्नो परिवारका बाँकी सदस्य वा फ्ल्याटमा साथ रहने साथीसँग पूर्ण रुपमा अलग हुन नसक्ने अवस्था बनेको खण्डमा उनीहरुसँगको सम्पर्क एकदमै कम हुने अवस्था बनाउनुहोस् ।

साथ रहेपनि कमसेकम दुई मिटरको दूरी बनाएर राख्नुहोस् । एक्लै सुत्नुहोस् ।

आइसोलेशनमा रहेका व्यक्तिको साथमा रहने व्यक्तिले बारम्बार आफ्नो हात धुनुपर्ने छ । यो प्रक्रिया साबुन र पानीका साथ हरेकपटक कम्तिमा २० सेकेन्डसम्म गर्नु पर्छ ।

आइसोलेशनमा रहेका व्यक्तिको रुमाल लगायतका अन्य सामान अरु व्यक्तिले प्रयोग गर्नु हुँदैन । बाथरुम पनि छुट्टै प्रयोग गर्नुपर्ने छ ।

यदी बाथरुम एकै भएको खण्डमा अन्य सदस्यले बाथरुम प्रयोग गरिसकेपछि आइसोलेशनमा रहेका व्यक्तिले बाथरुमको प्रयोग गर्नुपर्ने छ र प्रयोग गरिसकेपछि राम्रोसँग सफा गर्नुपर्छ ।

सेल्फ आइसोलेशनमा रहने व्यक्तिले प्रयोग गरेर निस्किएको फोहरलाई राम्रोसँग सोही व्यक्तिले प्याकिङ गर्ने र राख्ने गर्नुपर्ने छ । यदी उसको टेस्ट पोजेटिभ आएको खण्डमा उक्त फोहरलाई सही रुपमा व्यवस्थापन गर्नुपर्ने छ । सरकारले तोकेको स्थानमा त्यसको व्यवस्थापन गर्नुपर्छ ।

बीबीसी हिन्दीबाट भावानुवाद

प्रकाशित मिति : २ चैत्र २०७६, आइतबार  १ : ०९ बजे

रामहरिले भने- पार्टीले निर्देशन दिए राजीनामा दिन तयार छु

काठमाडौं– प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले

माधव नेपाल- मैले भ्रष्टाचार गरेको कसैले तथ्य प्रमाण दिए जस्तोसुकै बलिदान गर्न सक्छु

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफूले भ्रष्टाचार

प्रतिमा गौतमले भनिन्- देश दुनियाँले नियाली रहेको छ, एक-अर्कालाई हिलो छ्याप्न बन्द गरौँ 

काठमाडौं– नेपाली कांग्रेसकी नेतृ प्रतिमा गौतमले पार्टीको जारी केन्द्रीय कार्यसमितिको

नाउपाले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन

धनगढी– नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन

मुग्लिङ पुलबाट त्रिशूलीमा हामफाल्न लागेका वृद्धलाई स्थानीयले बचाए

काठमाडौं- चितवनको मुग्लिङ बजारस्थित मोटरेबल पुलबाट त्रिशूलीमा हामफाल्न ठिक्क परेका