कोरोनाको त्रास– सीडीओ र डाक्टरहरुलाई जिल्ला नछाड्न निर्देशन « Khabarhub

कोरोनाको त्रास– सीडीओ र डाक्टरहरुलाई जिल्ला नछाड्न निर्देशन


२ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले सबै जिल्ला प्रमुख जिल्ला अधिकारी (सीडीओ) र जिल्ला तहमा कार्यरत चिकित्सकसहित स्वास्थ्यकर्मीहरुलाई जिल्ला नछाड्न निर्देशन दिएको छ ।

विश्वव्यापी महामारी कोरोना भाइरसको सम्भावित संक्रमणविरुद्ध परिचालन हुन भन्दै सरकारले सीडीओ र जिल्लामा रहेका स्वास्थ्यकर्मीहरुलाई जिल्ला नछाड्न निर्देशन दिएको हो ।

कोरोना भाइरसको संक्रमणविरुद्धको तयारीबारे आइतबार राष्ट्रिय सभामा जानकारी दिँदै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सरकारले सबै रणनीतिहरु बनाएर आवश्यक सावधानी अपनाएको पनि बताए ।

यस्तै, कोरोना भाइरसको संक्रमणविरुद्धको रणनीति निर्माण तथा कार्यान्वयनमा परिचालन हुने कर्मचारीदेखि स्वास्थ्यकर्मीहरुले भोग्नुपर्ने संभावित जोखिमतर्फ पनि सरकार सचेत रहेको मन्त्री ढकालले जानकारी दिए ।

मन्त्री ढकालले कूटनीतिक बाहेक सबै प्रकारका भिसाहरु स्थगित गरिएको पनि बताए । उनले वैशाख १८ गतेसम्मका लागि विदेशीलाई दिइने भिसा (कूटनीतिक वाहेकको हकमा) स्थगित गरिएको बताए ।

साथै, विदेशबाट आउने नेपालीलाई १४ दिनसम्म होम क्वारेन्टाइन राखिने र होम क्वारेन्टाइनमा रहेन बिरामीहरुलाई ज्वरो नाप्ने उपकरण दिइने मन्त्री ढकालले बताए । कोरोनाको संभावित लक्षण देखिएमा होम क्वारेन्टाइनमा रहेका व्यक्तिलाई तत्काल अस्पताल ल्याउने गरी व्यवस्था मिलाइएको पनि मन्त्री ढकालले बताए ।

यस्तै, नेपाल आउने विदेशीले पनि अनिवार्य रुपमा १४ दिनसम्म सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्थालाई कडाइका साथ लागू गरिने पनि बताए ।

प्रकाशित मिति : २ चैत्र २०७६, आइतबार  १ : २२ बजे

रास्वपाको प्रशिक्षण सूचीमा किन अटाएनन् वरिष्ठ नेता ‘बालेन’ ?

काठमाडौँ– फागुन २१ को निर्वाचनबाट प्रतिनिधि सभाको सबैभन्दा ठुलो दल

समानुपातिकतर्फका उम्मेदवारलाई बिहीबार प्रमाणपत्र दिइने

काठमाडौँ– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फका सांसदलाई यही चैत

ढोरपाटनमा फैलिएको दादुरा अझै नियन्त्रणमा आएन

बागलुङ– बागलुङको ढोरपाटनमा फैलिएको दादुरा सङ्क्रमण नियन्त्रणका लागि सबै वडाका

हुरीबतासले रुख ढलेर कटारीमा दुई जनाको मृत्यु, छ घाइते

उदयपुर– उदयपुरको कटारी नगरपालिका–५ र ८ मा हुरीबतासबाट दुई जनाको

प्रधानमन्त्रीले स्वकीय सचिवलाई कोषको जिम्मेवारी दिनु ‘कृपावाद’ हो : रक्षा बम

काठमाडौँ– राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा प्रधानमन्त्रीका स्वकीय सचिव आदर्श