ठमेलको होटेलमा लगेर किशोरीमाथि बलात्कार गरेको आरोपमा १ जना पक्राउ « Khabarhub

ठमेलको होटेलमा लगेर किशोरीमाथि बलात्कार गरेको आरोपमा १ जना पक्राउ


२ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ठमेलको होटलमा लगेर १८ वर्षीया किशोरीमाथि जबरजस्ती करणी (बलात्कार) गरेको अभियोगमा एकजना व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा तनहुँको ब्यास नगरपालिका–२ दमौली घर भएका ४६ वर्षीय हेमसिंह शाही छन् ।

प्रहरीका अनुसार शाहीले १८ वर्षीया किशोरीलाई ललाई–फकाई काठमाडौं महानगरपालिका–२६ अमृतमार्ग (ठमेल)को होटलमा लगेर बलात्कार गरेका थिए ।

शाहीले आफूमाथि बलात्कार गरेको भन्दै पीडित युवतीले उजुरी दिएपछि उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी बृत्त दरबारमार्गले जानकारी दिएको छ ।

प्रहरीले पक्राउ परेका शाहीमाथि जबरजस्ती करणी मुद्दामा अनुसन्धान अगाडि बढाएको छ ।

प्रकाशित मिति : २ चैत्र २०७६, आइतबार  १ : ४७ बजे

अब्दुल्लाहसँग इङ्गेजमेन्ट गरेकी अनु परियारको सम्बन्धमा नयाँ ‘ट्विस्ट’

काठमाडौं- अब्दुल्लाह नाम गरेका पाकिस्तानी युवासँग इङ्गेजमेन्ट गरेकी टिकटक स्टार

नौसैनिक अड्डा निर्माण तीव्र पार्न किम जोङ उनको निर्देशन

एजेन्सी – उत्तर कोरियाली नेता किम जोङ उनले देशको पूर्वी

एनभिडियाका सीईओलाई हटाउने तयारी

न्युयोर्क- अमेरिकी चिप निर्माता कम्पनी एनभिडियाका सहसंस्थापक तथा प्रमुख कार्यकारी

मधेस प्रदेशका बालबालिकामा बहुआयामिक वञ्चितीकरणको समस्या

धनुषा– मधेस प्रदेशका बालबालिकामा बहुआयामिक वञ्चितीकरणको समस्या देखिएको  छ ।

घ्याम्पेडाँडा–रानीकोट सडकको निरीक्षणमा मुख्यमन्त्री थापा

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले भक्तपुरको घ्याम्पेडाँडा हुँदै