कोरोना त्रासका कारण अमिताभले फ्यानसँग भेटघाट नगर्ने « Khabarhub

कोरोना त्रासका कारण अमिताभले फ्यानसँग भेटघाट नगर्ने


२ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेता अमिताभ बच्चनले घरका बाहिर हरेक आइतबार साँझ फ्यानसँग भेट्ने गर्छन् । फ्यान आफ्ना लोकप्रिय अभिनेतालाई भेट्न हरेक आइतवार भेला हुने गर्छन् ।

अमिताभ पनि फ्यानलाई हात हल्लाउन बाहिर निस्किने गर्छन् । तर, यो आइतवार भने अमिताभले कसैलाई नभेट्ने भएका छन् ।

अमिताभले एक ट्वीट गर्दै आफ्नो घरबाहिर जम्मा नहुन अनुरोध गरेका छन् । उनले भनेका छन्, ‘कृपया जलसा गेटमा नआउनुहोला, म आउने छैन, सुरक्षित रहनुहोला, आज कोही पनि जम्मा नहुनुहोला ।’

अमिताभले संसारभर फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न यस्तो निर्णय गरेका हुन् । उनले देश तथा विदेशमा रहेका सबैलाई सुरक्षित रहन पनि आग्रह गरेका छन् ।

चीनबाट शुरु भएको कोरोना भाइरसले संसारभर आतंक मच्चाएको छ । नेपालमा भने कोरोनाबाट कसैले ज्यान गुमाउनुपरेको छैन । यद्यपि एकजनामा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको थियो । उनलाई निको भइसकेको छ ।

प्रकाशित मिति : २ चैत्र २०७६, आइतबार  १ : ५८ बजे

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट

दुईवटा फर्म विभागको कारबाहीमा

काठमाडौं– नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती

निर्वाचनबाट नयाँ नेतृत्व छान्दै कांग्रेस विशेष महाधिवेशन : संस्थापनसँग वार्ताको ढोका खुलै

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचनमै मोडिएको छ। रातभरका