कोरोना भाइरसको त्रास देखाएर नुन कालोबजारी गर्नेमाथि कारबाही गरिने « Khabarhub

कोरोना भाइरसको त्रास देखाएर नुन कालोबजारी गर्नेमाथि कारबाही गरिने


२ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरस (कोभिड १९) को सम्भावित सङ्क्रमणको त्रास देखाएर दैनिक उपभोग्य वस्तु नुन तथा चिनिको कृतिम अभाव देखाएर कालोबजारी गर्नेलाई सरकारे कारवाही गने भएको छ ।

नुनको अभाव नरहेको र अभाव सिर्जना गर्न खोज्नेमाथि कडा कारवाही गर्ने साल्ट ट्रेडिङ कपेरिशन लिमिटेडले जनाएको छ ।

साल्ट ट्रेडिङ कर्पोरेशनका विभागीय प्रबन्धक व्रिजेशकुमार झाले नुनको खुद्रा मूल्यभन्दा बढीमा बिक्री गरिनु गैरकानूनी रहेको र अभाव सिर्जना गरी कालोबजारी गर्न खोज्ने व्यापारिक फार्म तथा विक्रेतालाई कारवाहीको दायरामा ल्याइने जानकारी दिए ।

कर्पोरेशनसँग अहिले कम्तिमा पनि १० महिनाका लागि पुग्ने गरी नुन मौज्दात रहेकाले आत्तिनुपर्ने अवस्था नरहेको उनले बताए ।
देशभर मासिक १६ हजार मेट्रिक टन नुन खपत हुन्छ ।

‘हामीसँग अहिले एक लाख ५५ हजार ३०० मेट्रिक टन नुन मौज्दात छ । मौज्दात नुन आउँदो १० महिनासम्म पर्याप्त हुन्छ, आत्तिनु पर्दैन’ प्रबन्धक झाले भने ।

उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले कालोबजारी गरेको पाइए ११३७ नम्बरमा फोन गर्न अपिल गरेका छन् । कसैले ठगेमा, सामानको कृत्रिम अभाव गरेमा तत्कालै यो पैसा नलाग्ने नम्बर ११३७ मा फोन गर्न मन्त्री भट्टले उपभोक्तालाई अपिल गरेका हुन् ।

प्रकाशित मिति : २ चैत्र २०७६, आइतबार  २ : २९ बजे

बागलुङको जैमिनी क्षेत्रका मतदाताले बाँदर नियन्त्रणको खाका ल्याउनेलाई मत दिने

बागलुङ– बागलुङको जैमिनी क्षेत्रमा भोट माग्न जाने उम्मेदवारलाई मतदाताले चुनाव

विश्वकपमा आज दुई खेल : जित्नै पर्ने दबाबमा रहेका भारत र जिम्बावेको रोचक भिडन्त

काठमाडौं – आईसीसी टी-२० विश्वकपको सुपर-८ अन्तर्गत बिहीबार आयोजक भारत

स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्न निर्वाचन आयोगको निर्देशन

काठमाडौं– निर्वाचन आयोगले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य

१० खेलाडीमा सीमित मोनाकोसँग पिएसजी बराबरीमा रोकियो

काठमाडौं – यूएईएफए च्याम्पियन्स लिग प्लेअफको दोस्रो लेगमा पेरिस सेन्ट

भोजपुरको मर्याङडाँडामा त्रि–धार्मिक संरचना निर्माण

भोजपुर– धार्मिक विविधताबीच एकता, सहअस्तित्व र आपसी सद्भाव कायम गर्ने