कोरोना भाइरसको त्रास देखाएर नुन कालोबजारी गर्नेमाथि कारबाही गरिने « Khabarhub

कोरोना भाइरसको त्रास देखाएर नुन कालोबजारी गर्नेमाथि कारबाही गरिने


२ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरस (कोभिड १९) को सम्भावित सङ्क्रमणको त्रास देखाएर दैनिक उपभोग्य वस्तु नुन तथा चिनिको कृतिम अभाव देखाएर कालोबजारी गर्नेलाई सरकारे कारवाही गने भएको छ ।

नुनको अभाव नरहेको र अभाव सिर्जना गर्न खोज्नेमाथि कडा कारवाही गर्ने साल्ट ट्रेडिङ कपेरिशन लिमिटेडले जनाएको छ ।

साल्ट ट्रेडिङ कर्पोरेशनका विभागीय प्रबन्धक व्रिजेशकुमार झाले नुनको खुद्रा मूल्यभन्दा बढीमा बिक्री गरिनु गैरकानूनी रहेको र अभाव सिर्जना गरी कालोबजारी गर्न खोज्ने व्यापारिक फार्म तथा विक्रेतालाई कारवाहीको दायरामा ल्याइने जानकारी दिए ।

कर्पोरेशनसँग अहिले कम्तिमा पनि १० महिनाका लागि पुग्ने गरी नुन मौज्दात रहेकाले आत्तिनुपर्ने अवस्था नरहेको उनले बताए ।
देशभर मासिक १६ हजार मेट्रिक टन नुन खपत हुन्छ ।

‘हामीसँग अहिले एक लाख ५५ हजार ३०० मेट्रिक टन नुन मौज्दात छ । मौज्दात नुन आउँदो १० महिनासम्म पर्याप्त हुन्छ, आत्तिनु पर्दैन’ प्रबन्धक झाले भने ।

उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले कालोबजारी गरेको पाइए ११३७ नम्बरमा फोन गर्न अपिल गरेका छन् । कसैले ठगेमा, सामानको कृत्रिम अभाव गरेमा तत्कालै यो पैसा नलाग्ने नम्बर ११३७ मा फोन गर्न मन्त्री भट्टले उपभोक्तालाई अपिल गरेका हुन् ।

प्रकाशित मिति : २ चैत्र २०७६, आइतबार  २ : २९ बजे

‘जेनजी’को नाममा भएको हिंसालाई जायज ठहर्‍याउने प्रयास खतरनाक : प्रदीप ज्ञवाली

काठमाडौं– नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले नेपाली कांग्रेसको विशेष महाधिवेशनमा

कांग्रेसको वार्ता समिति सदस्य थपिएको थपियै : शेखर टिमबाट जीवन परियार र मिनेन्द्र रिजाल चुनिए

काठमाडौं – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन,

पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारको भुवाने देउरालीमा पाखो सम्याएर खेलमैदान

रौतहटमा धान उत्पादन घट्यो

रौतहट– गत असोज १७ देखि १९ गतेसम्म आएको अविरल वर्षापछिको

विद्यालयमा खानेपानीको धारा निर्माणका लागि सहयोग

भोजपुर– भोजपुर नगरपालिका–१० का ९८ वर्षीय उजिरबहादुर प्रधानले भोजपुर नगरपालिकास्थित