प्रधानमन्त्री ओलीको स्टेन्ट निकालियो « Khabarhub

प्रधानमन्त्री ओलीको स्टेन्ट निकालियो


२ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणका क्रममा राखिएको स्टेन्ट निकालिएको छ ।

मुत्र नलीमा राखिएको स्टेन्ट निकाल्न आइतबार बिहान प्रधानमन्त्री त्रिवि शिक्षण (टिचिङ) पुगेका थिए ।

प्रधानमन्त्री ओलीका निजी चिकित्सक दिव्य सिंह शाहका अनुसार प्रधानमन्त्री ओलीको शरीरमा राखिएको स्टेन्ट निकालेपछि उनी आजै आफ्नो निवास बालुवाटार फर्किने छन् ।

‘मिर्गौला प्रत्यारोपण गरेको समयमा स्टेन्ट राखिएको हुन्छ, त्यहि निकाल्न उहाँलाई अस्पताल लगिएको हो,’ डा शाहले खबरहबसँग भनिन्, ‘स्टेन्ट निकालेर उहाँ केही समयमै बालुवाटार फर्किनुहुन्छ, अरु स्वास्थ्य परीक्षण गराउनुपर्ने छैन ।’

फागुन २१ गते दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओली १२ दिनको अस्पताल बसाइ पछि शुक्रबार डिस्चार्ज भएका थिए ।

प्रकाशित मिति : २ चैत्र २०७६, आइतबार  ३ : ०६ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५