पाकिस्तानी सेनाका कारण मानव अधिकारको अवस्था दयनीय– बलोच र पस्तुन अधिकारकर्मी « Khabarhub

पाकिस्तानी सेनाका कारण मानव अधिकारको अवस्था दयनीय– बलोच र पस्तुन अधिकारकर्मी


२ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाकिस्तान– पाकिस्तानको खैबर पख्तुनख्वा र बलोचिस्तानका राजनीतिक अधिकारकर्मीहरुले त्यस क्षेत्रमा पाकिस्तानी सेनाका कारण मानव अधिकारको अवस्था दयनीय बन्दै गएको बताएका छन् ।

जेनेभामा जारी संयुक्त राष्ट्रसंघ मानव अधिकार परिषद्को ४३ औं सम्मेलनमा त्यस क्षेत्रका राजनीतिक अधिकारकर्मीहरुले मानव अधिकारको कुरा उठाएका हुन् ।

सम्मेलनमा बोल्दै पस्तुन अधिकारकर्मी फैजल उल रहमान अफ्रिदीले पाकिस्तानको खैबर पख्तुनख्वामा पाकिस्तानी सेनाले कथित आतंकवादविरुद्धको युद्धका क्रममा निर्दोष सर्वसाधारणलाई निशाना बनाएको आरोप लगाए । उनले त्यस क्षेत्रमा पाकिस्तानी सेनाले ९० हजार भन्दा धेरै घरहरु र ८ हजार भन्दा धेरै पसल ध्वस्त पारेको बताए ।

पाकिस्तानले सहयोगको नाममा अर्बौं डलर प्राप्त गरेपनि त्यस क्षेत्रका घर, बजार विद्यालय र अरु पूर्वाधारको पुननिर्माणका लागि कुनै खर्च नगरेको उनको भनाइ छ ।

त्यसबाहेक उनले पस्तुन मानअधिकारकर्मी मञ्जुर अहमद पश्तीनलाई पृथकतावादको आरोपमा ३० दिनसम्म नियन्त्रणमा राखिएको पनि जनाए । यस्तै दुई मानवअधिकारकर्मी इद्रिस खटक, हजरत नयिम अब्दुल कयूमलाई आईएसआईले बेपत्ता बनाएको र एहशानुल्लाह एहशानलाई बन्धक बनाएर पछि मुक्त गरिएको उनको आरोप छ ।

सम्मेलनमा उनले अझै पनि हानिफ पश्तीन, जुल्करनैन बचा, ओवियस अब्दल, अलमगिर वजिरजस्ता अधिकारकर्मी गैरकानूनी हिरासतमा रहेको जानकारी दिए ।

‘हामी त्यस क्षेत्रमा पाकिस्तानी सेनाले गरेको युद्ध अपराध र मानवता विरुद्धको अपराधमाथि संयुक्त राष्ट्रसंघको मातहतमा सत्य निरुपण आयोग गठन हुनुपर्ने माग गर्छौं’ उनले भने ।

अर्का बलोच राजनीतिक अधिकारकर्मी मुनिर मंगलले बलोचिस्तान प्रान्तमा पाकिस्तानी सेनाको कारवाहीप्रति चिन्ता व्यक्त गरे ।

पाकिस्तानको रणनीति अनुसार बलोचिस्तानमा सुस्त गतिमा जातीय सफाया भइरहेको मंगलको भनाइ छ ।

मुनिरका अनुसार त्यस क्षेत्रमा मानिसहरुलाई आफ्नो जमिनबाट अलग्यिाइएको, र स्थानीयहरुको इच्छाबेगर खनिज पदार्थको दोहन भइरहेको छ ।

चीन पाकिस्तान इकोनोमिक करिडोर सिपेक परियोजनाका लागि हजारौं मानिसहरुलाई घरवारविहीन बनाइएको र जबरजस्ती बेपत्ता पारिएको उनको आरोप छ ।

उनले परिषद्समक्ष पाकिस्तानले त्यस क्षेत्रमा गरिरहेका मानव अधिकार उल्लंघनका घटनाको स्वतन्त्र छानबिन गर्न पनि माग गरे ।

‘पाकिस्तान बलोचहरुको आवाज दबाउन लागिपरेको छ । हजारौं मािनसहरुलाई जबरजस्ती बेपत्ता बनाइएको छ भने खुलेआम यस्ता कामहरु भइरहेका छन् ’ उनले भने ।

प्रकाशित मिति : २ चैत्र २०७६, आइतबार  ३ : ५१ बजे

सञ्चार मन्त्रालयको कार्यप्रगति : स्मार्ट लाइसेन्स छपाइ, सरकारी कुरियर सेवा, दूरसञ्चार सेवा सुधार

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पछिल्लो एक महिनामा भए/गरेका

चितवनका दुई सय बढीले पाए जग्गाधनी पुर्जा

चितवन– चालु आर्थिक वर्षको साउनदेखि जिल्लामा रहेका २२६ भूमिहीन दलित, भूमिहीन

सुनको मूल्य आजपनि घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य आजपनि घटेको छ । अघिल्लो

गाँठो पार्ने हात, सास्ती भोग्ने दाँत

एउटा धनी मानिस अस्पतालको बेडमा थियो । उपचारका सबै प्रयास

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

लमजुङ – हिउँदे वर्षाका कारण पहिरो जाँदा यहाँ मध्यपहाडी लोकमार्गअन्तर्गत