कोरोनाविरुद्ध लड्ने सार्क नेताको भिडियो कन्फरेन्समा सहभागी भएनन् इमरान खान | Khabarhub Khabarhub

कोरोनाविरुद्ध लड्ने सार्क नेताको भिडियो कन्फरेन्समा सहभागी भएनन् इमरान खान


२ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसविरुद्ध लड्न साझा रणनीति बनाउने भनेर सार्क सदस्य राष्ट्रका नेताहरुको भिडियो सम्मेलन (कन्फरेन्स)मा पाकिस्तानी प्रधानमन्त्री इमरान खान अनुपस्थित भएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष आह्वानमा सार्क सदस्य राष्ट्रका नेताहरुबीच आइतबार साँझ ५ः१५ बजेदेखि भिडियो सम्मेलन शुरु भएको थियो ।

भिडियो सम्मेलनमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, अफगानिस्तानका राष्ट्रपति असरफ घानी, माल्दिभ्सका राष्ट्रपति इब्राहिम मोहम्मद सोलिह, बंगलादेशका प्रधानमन्त्री लोटे छिरिङ र श्रीलंकाका राष्ट्रपति गोतापाया राजापाक्षे सहभागी भएका छन् ।

पाकिस्तानका प्रधानमन्त्री खान भने भिडियो कन्फरेन्समा सहभागी भएनन् । उनले राज्यमन्त्री तहका स्वास्थ्य मामिलाका आफ्ना सल्लाहकार डा जाफर मिर्जालाई कन्फरेन्समा सहभागी हुन लगाए ।

प्रकाशित मिति : २ चैत्र २०७६, आइतबार  ५ : ३५ बजे

यी प्रदेशमा हुनेछ हावाहुरीसहितको वर्षा

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल

कतारका अमिरको नेपाल भ्रमण : आज दुई देशका प्रतिनिधिमण्डलको भेटवार्ता

काठमाडौं – नेपालको दुई दिने राजकीय भ्रमणका लागि मंगलबार काठमाडौं

स्टोनिसको शतकमा चेन्नईविरुद्ध लखनउको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बुधबारको विदेशी मुद्राको विनिमय दर कति

काठमाडौं – आज २०८१ साल वैशाख १२ गते बुधबार सन्

बुधबार कृष्ण भगवानको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १२ गते बुधबार तदनुसार