कोरोनाविरुद्ध लड्ने सार्क नेताको भिडियो कन्फरेन्समा सहभागी भएनन् इमरान खान « Khabarhub

कोरोनाविरुद्ध लड्ने सार्क नेताको भिडियो कन्फरेन्समा सहभागी भएनन् इमरान खान


२ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसविरुद्ध लड्न साझा रणनीति बनाउने भनेर सार्क सदस्य राष्ट्रका नेताहरुको भिडियो सम्मेलन (कन्फरेन्स)मा पाकिस्तानी प्रधानमन्त्री इमरान खान अनुपस्थित भएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष आह्वानमा सार्क सदस्य राष्ट्रका नेताहरुबीच आइतबार साँझ ५ः१५ बजेदेखि भिडियो सम्मेलन शुरु भएको थियो ।

भिडियो सम्मेलनमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, अफगानिस्तानका राष्ट्रपति असरफ घानी, माल्दिभ्सका राष्ट्रपति इब्राहिम मोहम्मद सोलिह, बंगलादेशका प्रधानमन्त्री लोटे छिरिङ र श्रीलंकाका राष्ट्रपति गोतापाया राजापाक्षे सहभागी भएका छन् ।

पाकिस्तानका प्रधानमन्त्री खान भने भिडियो कन्फरेन्समा सहभागी भएनन् । उनले राज्यमन्त्री तहका स्वास्थ्य मामिलाका आफ्ना सल्लाहकार डा जाफर मिर्जालाई कन्फरेन्समा सहभागी हुन लगाए ।

प्रकाशित मिति : २ चैत्र २०७६, आइतबार  ५ : ३५ बजे

भड्काउ अभिव्यक्ति दिएको आरोपमा पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई

दुर्गा प्रसाईँलाई पक्राउ गर्न घरमै पुग्यो प्रहरी

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरी अहिले उनको

बढ्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको

‘निम्स दाइ’को रामनगरस्थित परिवार र विद्यालयका शिक्षक शोकमा

चितवन । हिमपहिरोमा परी निधन भएका कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा

इन्डोनेसियामा समुद्रबीच डुंगामा भीषण आगलागी, ५ जनाको मृत्यु, ४१ जना बेपत्ता

इन्डोनेसिया- आइतबार इन्डोनेसियाली समुद्रबीचमा गुडिरहेको डुंगामा आगो लाग्दा दर्जनौँ व्यक्तिको