कोरोना भाइरस : विश्वमा १ लाख २६ हजार ५३८ को मृत्यु, १९ लाख ९६ हजार बढी संक्रमित | Khabarhub Khabarhub

कोरोना भाइरस : विश्वमा १ लाख २६ हजार ५३८ को मृत्यु, १९ लाख ९६ हजार बढी संक्रमित


३ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९, कोरोना भाइरसको संक्रमणबाट एक लाख २६ हजार ५३८ जनाले ज्यान गुमाएका छन् ।

संक्रमितको संख्या १९ लाख ९६ हजार ९६९ पुगेको छ । संक्रमितमध्ये चार लाख ७८ हजार ३२६ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

विश्वका २१० देशमा फैलिएको कोरोना भाइरसको संक्रमणमा परेका १३ लाख ९२ हजार १०५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । जसमध्ये ५१ हजार ५९५ जनाको अवस्था गम्भीर छ ।

बितेको २४ घण्टाको अवधिमा मात्रै ७३ हजार ३२ नयाँ संक्रमित थपिएका छन् । ६ हजार ९२० जनाको ज्यान गएको छ ।

सबैभन्दा बढी संक्रमण फैलिएको अमेरिकामा पछिल्लो २४ घण्टामा २ हजार ३४९ जनाले ज्यान गुमाएका छन् । योसँगै मृत्यु हुनेको संख्या २५ हजार ९८९ पुगेको छ ।

अमेरिकामा एकैदिन २५ हजार ३ सय बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ६ लाख १२ हजार ३ सय बढी पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये ३८ जार ७२१ जना उपचारपछि निको भएका छन् । १३ हजार ४७३ जनाको अवस्था गम्भीर रहेको छ । ५ लाख ४७ हजार ६१० जना उपचाररत छन् ।

स्पेनमा पछिल्लो २४ घण्टामा ४९९ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १८ हजार २५५ पुगेको छ ।

स्पेनमा एकैदिन ३ हजार ९६१ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या १ लाख ७४ हजार ६० पुगेको छ ।

स्पेनमा संक्रमितमध्ये ६७ हजार ५०४ जना उपचारपछि निको भएका छन् । ७ हजार ३७१ जनाको अवस्था गम्भीर रहेको छ भने ८८ हजार ३०१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

इटालीमा बुधबार बिहानसम्म ज्यान गुमाउनेको संख्या २१ हजार ६७ पुगेको छ ।

एकैदिन ६०२ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या २१ हजार ६७ पुगेको हो । इटालीमा एकैदिन २ हजार ९७२ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १ लाख ६२ हजार ४८८ पुगेको छ ।

इटालीमा संक्रमितमध्ये ३७ हजार १३० जना उपचारपछि निको भएका छन् । ३ हजार १८६ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । १ लाख ४ हजार २९१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

बेलायतमा पछिल्लो २४ घण्टामा ७७८ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १२ हजार १०७ पुगेको छ ।

बेलायतमा कोरोना भाइरसबाट संक्रमितको संख्या ९३ हजार ८७३ पुगको छ । जसमा एकै दिन ७७८ जना संक्रमित भएको जनाइएको छ ।

बेलायतमा संक्रमितमध्ये ३४४ जना उपचारपछि निको भएका छन् । १ हजार ५५९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । संक्रमितमध्ये ८१ हजार ४२२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : ३ बैशाख २०७७, बुधबार  ६ : २५ बजे

चन्द्र नहरमा डुबेर एकको मृत्यु

सप्तरी – जिल्लाको कञ्चनरुप नगरपालिकास्थित चन्द्र नहरमा डुबेर आज साँझ

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी सुदूरपश्चिममै पहिलो

कैलाली – स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी नगरपालिका सुदूरपश्चिममै

महिलालाई यौन क्रियाकलापमा लगाएको आरोपमा होटल सञ्चालक पक्राउ

जनकपुर – आर्थिक प्रलोभन देखाइ महिलालाई जबरजस्ती यौन क्रियाकलापमा सङ्लग्न

एकमहिने गुँला पर्व सम्पन्न

भक्तपुर – चन्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म बौद्ध