काठमाडौंमा सुरु भयो ‘हाम्रो प्रहरी’ अभियान « Khabarhub

काठमाडौंमा सुरु भयो ‘हाम्रो प्रहरी’ अभियान


१४ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जिल्ला प्रहरी परिसर काठमाडौँले प्रहरी र समुदायबीचको सम्बन्धलाई सुदृढ बनाउन आजदेखि ‘हाम्रो प्रहरी’ अभियान सुरु गरेको छ ।

बसन्तपुर दरबार क्षेत्रमा आयोजित एक समारोहबीच उक्त अभियानको शुभारम्भ गरिएको हो । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले विशेष समारोहबीच अभियानको उद्घाटन गरेका हुन्।

महानिरीक्षक कार्कीले नेपाल प्रहरीप्रति नागरिकको विश्वास बढाउनु नै अभियानको मुख्य उद्देश्य रहेको स्पष्ट पारे । उनले रोजगारी, अध्ययन वा अन्य प्रयोजनका लागि विदेश जाने नेपाली युवालाई अब उप्रान्त नकारात्मक छविमा नचिनियोस् भन्ने चाहना व्यक्त गरे ।

उनले भने, “अब कसैले पनि नेपाली नागरिकलाई सिंहदरबार, प्रहरी कार्यालय जलाउने, सवारी साधनमा आगजनी गर्ने नागरिकका रूपमा नबुझुन् भन्ने हाम्रो इच्छा हो । देशमा तोडफोड, आगजनी र अराजक गतिविधिको अन्त्य होस् भन्ने हाम्रो चाहना हो ।”

‘हाम्रो प्रहरी, राम्रो प्रहरी’ भन्ने नारासहित अघि बढाइएको अभियानले देशभित्र शान्ति सुरक्षा कायम गर्नुका साथै अन्तर्राष्ट्रियस्तरमा पनि नेपाली नागरिकको पहिचान सकारात्मक बनाउने महानिरीक्षक कार्कीले विश्वास व्यक्त गरे ।

काठमाडौं महानगरपालिकाकी नगरउपप्रमुख सुनिता डङ्गोलले ‘हाम्रो प्रहरी’ अभियानले प्रहरी र समुदायबीचको सम्बन्धमा नयाँ अध्यायको सुरुवात गरेको बताइन् । उनले कुनै पनि विपद् वा आपत् पर्दा प्रहरी नै नागरिकको पहिलो सम्पर्क बिन्दु बन्ने गरेको उल्लेख गरेकी छन् ।

वडा नं २३ का वडाध्यक्ष मचाराजा महर्जनको सभापतित्वमा सञ्चालित उक्त कार्यक्रममा वरिष्ठ कलाकार हरिवंश आचार्य, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नवीन मानन्धरलगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : १४ पुस २०८२, सोमबार  ६ : ४९ बजे

हुथी आक्रमणपछि यमनमा एक लाख २५ हजारभन्दा बढी विस्थापित

एजेन्सी– इरानसमर्थित हुथी विद्रोहीको आक्रमण तीव्र भएपछि यमनमा एक लाख

‘राष्ट्रिय सेवा दल विधेयकमाथि समितिको संशोधन सरकारद्वारा स्वीकार’

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय सेवा

अन्तरराष्ट्रिय कल बाइपासका उपकरणसहित भारतीय नागरिक पक्राउ

काठमाडौं– अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका विभिन्न उपकरणसहित भारतीय नागरिक

एन्फा निलम्बनका कारण साफमा नेपालको सहभागिता अन्योल

काठमाडौं– फिफा निलम्बनका कारण नेपाली फुटबल क्षेत्र समस्याग्रस्त बनेको भन्दै

भारतमा १० जना माओवादीलाई मृत्युदण्डको सजाय

नयाँदिल्ली– भारतको एक विशेष अदालतले सन् २०१३ मा कङ्ग्रेस पार्टीका