विश्वमा ४ लाख ७८ हजार कोरोनाभाइरस संक्रमित निको भए « Khabarhub

विश्वमा ४ लाख ७८ हजार कोरोनाभाइरस संक्रमित निको भए


३ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९, कोरोना भाइरसको संक्रमणमा परेका चार लाख ७८ हजार ३२६ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

कोरोनाको संक्रमणबाट एक लाख २६ हजार ५३८ जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या १९ लाख ९६ हजार ९६९ पुगेको छ ।

विश्वका २१० देशमा फैलिएको कोरोना भाइरसको संक्रमणमा परेका १३ लाख ९२ हजार १०५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । जसमध्ये ५१ हजार ५९५ जनाको अवस्था गम्भीर छ ।

बितेको २४ घण्टाको अवधिमा मात्रै ७३ हजार ३२ नयाँ संक्रमित थपिएका छन् । ६ हजार ९२० जनाको ज्यान गएको छ ।

सबैभन्दा बढी संक्रमण फैलिएको अमेरिकामा पछिल्लो २४ घण्टामा २ हजार ३४९ जनाले ज्यान गुमाएका छन् । योसँगै मृत्यु हुनेको संख्या २५ हजार ९८९ पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये ३८ जार ७२१ जना उपचारपछि निको भएका छन् । १३ हजार ४७३ जनाको अवस्था गम्भीर रहेको छ । ५ लाख ४७ हजार ६१० जना उपचाररत छन् ।

स्पेनमा संक्रमितमध्ये ६७ हजार ५०४ जना उपचारपछि निको भएका छन् । ७ हजार ३७१ जनाको अवस्था गम्भीर रहेको छ भने ८८ हजार ३०१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

इटालीमा एकैदिन ६०२ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या २१ हजार ६७ पुगेको हो । इटालीमा एकैदिन २ हजार ९७२ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १ लाख ६२ हजार ४८८ पुगेको छ ।

इटालीमा संक्रमितमध्ये ३७ हजार १३० जना उपचारपछि निको भएका छन् । ३ हजार १८६ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । १ लाख ४ हजार २९१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

बेलायतमा कोरोना भाइरसबाट संक्रमितको संख्या ९३ हजार ८७३ पुगको छ । जसमा एकै दिन ७७८ जना संक्रमित भएको जनाइएको छ ।

बेलायतमा संक्रमितमध्ये ३४४ जना उपचारपछि निको भएका छन् । १ हजार ५५९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । संक्रमितमध्ये ८१ हजार ४२२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : ३ बैशाख २०७७, बुधबार  ७ : ०३ बजे

जस्टिन ग्रिभ्सको ऐतिहासिक कीर्तिमान : लगातार ५ ओभरमा मेडन ५ विकेट

काठमाडौँ – वेस्ट इन्डिजका अलराउन्डर जस्टिन ग्रिभ्सले पाकिस्तानविरुद्ध जारी पहिलो

अमेरिका-इरान :आक्रमण रोकेर नेतान्याहु वासिङ्टन पुगे

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टन र तेहरानबीच ‘अत्यन्त

चिकित्सक संघबाट आज देशभरका अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्दकाे घाेषणा

काठमाडौँ– नेपाल चिकित्सक संघले आज (मंगलबार) देशैभरका सरकारी, गैरसरकारी र

अमेरिका-इरान कूटनीतिक वार्ताको प्रयास, हर्मुजमा अझै खिचातानी

वासिङ्टन – अमेरिका र इरानबीच लगातार तेस्रो दिन पनि आक्रमण

विद्यालयको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

झापा– झापाको मेचीनगर नगरपालिका– ६ काँकरभिट्टास्थित अरुणोदय इङ्ग्लिस बोर्डिङ स्कुलको