ह्याकरको निशानामा सरकारी कार्यालय, लिक भए सरकारी कार्यालयका डाटा « Khabarhub

ह्याकरको निशानामा सरकारी कार्यालय, लिक भए सरकारी कार्यालयका डाटा


३ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भायनेट कम्यूनिकेशन्स प्रालिको डाटा लिक गरेर चर्चामा आएको एक ह्याकरले पुनः विभिन्न सरकारी कार्यालयहरुको वेबसाइटको डाटा सार्वजनिक गरिदिएको छ ।

ट्विटरमा सातान (@satan_cyber_god) नामक ह्याकरले हालै नेपालका सरकारी कार्यालयहरुको यूजरनेम र पासवर्ड नै ह्याक गरेर सार्वजनिक गरिदिएको छ ।

उसले कृषि विकास मन्त्रालय र त्यस अन्तरगतका निकाय, राष्ट्रिय मुस्लिम आयोग, केन्द्रीय पुस्तकालय लगायतका सरकारी कार्यालयको साइट ह्याक गर्दै डाटा लिक गरेको हो ।

ह्याकरले नेपालका आधिकारीक डोमेन रजिस्टरको जानकारी सार्वजनिक गर्दै ती डाटाहरु भने सुरक्षित भएको दाबी गरेको छ ।

सो ह्याकरले नेपालको डटएनपी डोमेन दर्ता गर्ने कम्पनी मर्कन्टायल अफिस अटोमेसनलाई चेतावनी दिँदै उनीहरुको सिस्टममा नै प्रवेश गरेको जनाएको छ ।

सातान ह्याकरले ईकमर्श सर्भिस दराज डटकम डट एनपी, कान्तिपुर दैनिकको बेवसाइटको डाटाहरु समेत ह्याक गर्ने चेतावनी दिएको छ ।

ती कम्पनीका वेबसाइटहरु सुरक्षित बनाउन उसले सल्लाह दिएको छ।

यसअतिरिक्त नेपाल विद्युत प्राधिकरणको डाटाहरु समेत ह्याक गरिदिने उसले ट्वीटमार्फत चेतावनी दिएको छ ।

यसअघि सातान नामक सोहि ह्याकरले भायनेटका करिब १ लाख ७० हजार डाटाहरु लीक गरिदिएको थियो ।

प्रकाशित मिति : ३ बैशाख २०७७, बुधबार  ७ : ४९ बजे

बजेट नहुँदा अस्पताल भवन निर्माणमा ढिलाइ

गोदावरी– बजेट अभावमा जिल्लाको विकट पहाडी भेगमा पर्ने मोहन्याल गाउँपालिकामा

बिहीबार सुनचाँदीको मूल्य घट्यो

काठमाडौं – बुधबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

उज्यालो नेपालप्रति महासचिव पोखरेलको कटाक्ष- जसको योजना उसलाई श्रेय दिने कहिले ?

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले कुलमान घिसिङको उज्यालो

काँकरभिट्टाबाट नाकाबाट चार महिनामा छ अर्बको पेट्रोलियम पदार्थ आयात

झापा – चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वीनाका

धोबी खोलामा साइकलसहित भेटिएको शवको पहिचान

काठमाडौं – धोबी खोलामा साइकलसहित भेटिएको शवको पहिचान खुलेको छ।