लुकीछिपी नेपाल छिरेका ५० जनाको सर्लाहीमा र्‍यापिड परीक्षण « Khabarhub

लुकीछिपी नेपाल छिरेका ५० जनाको सर्लाहीमा र्‍यापिड परीक्षण


३ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही –  सर्लाहीको चन्द्रनगर गाउँपालिकाको क्वारेन्टाइनमा राखिएको ५० जनाको र्‍यापिड परीक्षण गरिएको छ ।

परीक्षण रिपोर्टमा कोरोना भाइरस नेगेटिभ आएको छ । चन्द्रनगरको क्वारेन्टाइनमा रहेका ५० जनालाई मङ्गलबार कोरोनाको परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए ।

भारतबाट लुकीछिपी नेपाल प्रवेश गरेका चन्द्रनगर गाउँपालिका ती व्यक्तिलाई कामधस्थित एक विद्यालयमा बनाइएको क्वारेन्टाइनमा राखिएको छ ।

यसअघि सोमबार हरिपुर नगरपालिकाको क्वारेन्टाइनमा रहेका दुई जनाको कोरोना परीक्षण गरिएको थियो ।

परीक्षणमा उनीहरुको पनि कोरोना नेगेटिभ आएको प्रजिअ जिसीले बताए । सर्लाहीका २० स्थानीय तहले ३७ स्थानमा ३८३ शैयाको क्वारेन्टाइन निर्माण गरेका छन् ।

प्रकाशित मिति : ३ बैशाख २०७७, बुधबार  ९ : ४५ बजे

नागरिक आवास कार्यक्रम रकम कटौति भएपछि…

भोजपुर– सङ्घीय सरकारले बजेट नदिएपछि भोजपुरको रामप्रसाद राई गाउँपालिकाले सुरक्षित

उच्च पहाडी तथा हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

उम्मेदवारका लागि खाता सञ्चालन गरिदिन राष्ट्र बैंकलाई आयोगको पत्राचार

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनको उम्मेदवारका लागि बैङ्किङ खाता

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला– हुम्लामा हिमपात भएको भएको छ । गतभदौदेखि वर्षात् नभएको

प्रतिनिधिसभा समानुपातिकतर्फको ५० लाख मतपत्र छाप्न बाँकी

काठमाडौं– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको एक करोड ५० लाख