लुकीछिपी नेपाल छिरेका ५० जनाको सर्लाहीमा र्‍यापिड परीक्षण « Khabarhub

लुकीछिपी नेपाल छिरेका ५० जनाको सर्लाहीमा र्‍यापिड परीक्षण


३ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही –  सर्लाहीको चन्द्रनगर गाउँपालिकाको क्वारेन्टाइनमा राखिएको ५० जनाको र्‍यापिड परीक्षण गरिएको छ ।

परीक्षण रिपोर्टमा कोरोना भाइरस नेगेटिभ आएको छ । चन्द्रनगरको क्वारेन्टाइनमा रहेका ५० जनालाई मङ्गलबार कोरोनाको परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए ।

भारतबाट लुकीछिपी नेपाल प्रवेश गरेका चन्द्रनगर गाउँपालिका ती व्यक्तिलाई कामधस्थित एक विद्यालयमा बनाइएको क्वारेन्टाइनमा राखिएको छ ।

यसअघि सोमबार हरिपुर नगरपालिकाको क्वारेन्टाइनमा रहेका दुई जनाको कोरोना परीक्षण गरिएको थियो ।

परीक्षणमा उनीहरुको पनि कोरोना नेगेटिभ आएको प्रजिअ जिसीले बताए । सर्लाहीका २० स्थानीय तहले ३७ स्थानमा ३८३ शैयाको क्वारेन्टाइन निर्माण गरेका छन् ।

प्रकाशित मिति : ३ बैशाख २०७७, बुधबार  ९ : ४५ बजे

बालेन सरकारको योजना : पासपोर्ट, नागरिकता र लाइसेन्स घर घरमै पुर्‍याउने

काठमाडौं – बालेन्द्र शाह नेतृत्वको सरकारले नागरिकलाई सरकारी सेवा घरमै

बालेन सरकारले सात दिनभित्र संविधान संशोधन सम्बन्धी बहस सुरु गर्ने

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्ले शुक्रबार स्वीकृत गरेको

बालेन सरकारको घोषणा : विद्यालय र विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने

काठमाडौं – सरकारले आगामी ६० दिनभित्र देशभरका विद्यालय र विश्वविद्यालयबाट

महिलाहरूको सुरक्षा सुनिश्चित गर्न सरकारले निःशुल्क ‘ब्लु बस’ सेवा सञ्चालन गर्ने

काठमाडौं – सरकारले महिला यात्रुहरूको सुरक्षा सुनिश्चित गर्न सातै प्रदेशमा

राजस्व सुधारमा सरकारको योजना : निष्क्रिय धरौटी रकम परिचालनदेखि ई-बिलिङ र १३९ कोष एकीकरणसम्म

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी का वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको