१३ हजार जनामा नमूना परीक्षण | Khabarhub Khabarhub

१३ हजार जनामा नमूना परीक्षण


३ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- १३ हजार जनामा कोभिड­१९ को परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले रियल टाइम पोलिमरेज चेन्ज रियाक्सन (पिसिआर) र र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) गरी दुवै विधिबाट अहिलेसम्म १२ हजार ९०६ जनाको परीक्षण गरिएको जानकारी दिए ।

उनका अनुसार ती परीक्षण गरिएकामध्ये अहिलेसम्म १६ जनामा मात्र कोभिड­१९ को सङ्क्रमण देखिएको छ ।

अहिले पिसिआरबाट देशभरिमा ११ वटा ठाउँमा र ५६ जिल्लामा आरडिटीमाध्यमबाट परीक्षण भइरहेको छ । पिसिआरबाट छ हजार २९९ जना र आरडिटी छ हजार ६०६ जनाको परीक्षण गरिएको छ ।

आजै मात्र पिसिआरबाट ५८४ र आरडिटीबाट एक हजार ३१६ जनाको परीक्षण गरिएको छ ।

प्रवक्ता डा देवकोटाले धेरैभन्दा धेरै मानिसको परीक्षण गर्नका लाागि आरडिटी प्रयोग गरिएको बताए । अहिलेसम्म आइसोलेशनमा ९९ रहेका छन् । तीमध्ये १२ जना काठमाडौँ र ८७ जना उपत्यका बाहिर रहेका छन् ।

मोबाइल एपमा स्व­परीक्षण गरिएकामध्ये आज नौ जना ‘रेड जोन’मा रहेका छन् । अहिलेसम्म २२८ रेडजोनमा रहेका छन् ।

यसैगरी प्रवक्ता डा देवकोटाले सोमबार कैलाली र रौतहटमा देखिएका कोभिड­१९ सङ्क्रमितका आफन्त, नातेदार र नजिकका मानिसको निगरानी (कन्ट्याक ट्रेसिङ) गर्न थालिएको जानकारी दिए । यसैगरी पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा होम क्वारेन्टाइनमा बसेका दुई जनामा सङ्क्रमण देखिएको छ । उनीहरुको पनि कन्ट्याक ट्रेसिङ्ग भइरहेको उनले जानकारी दिए । अहिलेसम्म पाँच हजार ७७१ क्वारेन्टाइनमा बसेका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा रुना झाले पिसिआरको दायरामा ल्याउन नसिकने व्यक्तिमा आरडिटी गरिएको जानकारी गराईन् । उनले पिसिआरभन्दा आरडिटीबाट नमूना परीक्षण गर्न सजिलो भएकाले यो विधि नेपाललगायत विश्वका धेरै देशले प्रयोग गरिएको बताईन्।

आरडिटी प्रत्यक्ष फिल्डमा गएर रगत लिई नमूना परीक्षण गरिन्छ । रगत लिएको १५ मिनेटमा नै नजिता देखाउछ । आरडिटीले कोभिड­१९ को सम्भावित सङ्क्रमण देखाउने र पिसिआरले त्यसको यकिन गर्ने गर्दछ । प्रयोगशालाका निर्देशक डा झाले पिसिआरले छ घण्टामा नमूनाको नतिजा दिने बताइन् ।

­१९ को १३ हजार जनामा परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले रियल टाइम पोलिमरेज चेन्ज रियाक्सन (पिसिआर) र ¥यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) गरी दुवै विधिबाट अहिलेसम्म १२ हजार ९०६ जनाको परीक्षण गरिएको जानकारी दिए ।

प्रकाशित मिति : ३ बैशाख २०७७, बुधबार  १० : २६ बजे

व्यावसायिक फूलखेतीबाट वार्षिक २० लाखसम्मको आम्दानी

अत्तरिया– कैलालीको धनगढी उपमहानगरपालिका–६ मटियारीकी सुशीला विष्टले व्यावसायिक फूलखेतीबाट राम्रो

कर्जाको माग बढ्न नसक्दा थप घट्यो बैंकमा मुद्दतीको ब्याजदर

काठमाडौं– बैंकिङ क्षेत्रमा लगानीयोग्य तरलता बढ्दै जाँदा र कर्जाको माग

सोमबारदेखि एनपिएल : पहिलो खेलमा जनकपुर र काठमाडौं भिड्दै

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) सोमबारदेखि सुरु

चार महिनामा सवारी दुर्घटनाबाट १७ जनाको मृत्यु

बनियानी– पछिल्लो चार महिनामा यहाँ सवारी दुर्घटनामा परी १७ जनाले ज्यान

एनसेलले ल्यायो एनपीएल फ्यान प्याक, ग्राहकलाई आकर्षक सेवा सुविधा बोनस 

काठमाडौं– एनसेलले यही सोमबारबाट सुरु हुन गइरहेको ‘सिद्धार्थ बैंक नेपाल प्रिमियर