कपिल शर्माको शो मा किन जाँदैनन् आमिर खान ? « Khabarhub

कपिल शर्माको शो मा किन जाँदैनन् आमिर खान ?


३ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउडका धेरै कलाकार कपिल शर्माको शोमा गइसकेका छन् । धेरै सेलिब्रेटी फिल्मको प्रचारका लागि शो मा पुगेका हुन्छन् ।

अमिताभ बच्चन, सलमान खान, शाहरुख खान जस्ता सेलिब्रेटी पनि शो मा देखिएका छन् । तर, आमिर खान भने अझै पुगेका छैनन् ।

धेरै कलाकार फिल्मको प्रचारका बेला कपिलको कार्यक्रममा आउन चाहन्छन् । कपिलको कार्यक्रम निकै लोकप्रिय भएका कारण पनि कलाकारहरुले फिल्मको प्रचारका लागि उनको शोमा जाने गर्छन् ।

कपिलको शो चलिरहेका बेला आमिरका कैयन् फिल्म प्रदर्शन भए तर उनी कार्यक्रममा गएनन् । कपिलको शोलाई आमिरले प्रचारको माध्यम नै ठानेनन् ।

त्यसो त आमिर खानको प्रचारको तरिका फरक छ । हरेकपटक उनी केही न केही नयाँ गरिरहेका हुन्छन् । उनले गजनी, थ्री इडियट्स फिल्म रिलिजका बेला पनि फरक प्रचार शैली अपनाएका थिए ।

जब फिल्मको प्रचारको नै आवश्यक पर्दैन भने आमिर पनि किन कपिलको प्रचारमा जाऊन् र ! कतिले त आमिरलाई कपिलको शो मन नपर्ने पनि बताउने गरेका छन् ।

कपिल शर्माले शो मा कयैन् पटक आफ्नो सीमा पार गरिसकेका छन् । उनले महिलालाई मजाक बनाउँछन् । स्टारमाथि हावी हुने कोशिश गर्छन् । कपिलले कतिपटक त कलाकारको अपमान पनि गरेका छन् । जुन आमिरलाई पटक्कै मन पर्दैन ।

प्रकाशित मिति : ३ बैशाख २०७७, बुधबार  १२ : ५४ बजे

साफ महिला क्लब च्याम्पियनसिपः एपीएफलाई हराउँदै इस्ट बङ्गाल विजयी

काठमाडौं – दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले पहिलो पटक आयोजना

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

भद्रपुर– यहाँको बिर्तामोड–६ मा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

निर्वाचनको विकल्प छैन : सभापति लामिछाने

नारायणगढ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान परिस्थितिमा

चिसोले इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको मृत्यु

एजेन्सी– अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन