आइएमएफले नेपालसहित २५ मुलुकलाई अनुदान उपलब्ध गराउने « Khabarhub

आइएमएफले नेपालसहित २५ मुलुकलाई अनुदान उपलब्ध गराउने


३ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको महामारीले अर्थतन्त्र चलायमान हुन नसकिरहेका बेला अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले नेपाललाई पनि अनुदान उपलब्ध गराउने भएको छ ।

विश्वव्यापी फैलिएको कोरोना महामारीबाट प्रभावित २५ वटा न्यून आय भएका राष्ट्रहरुलाई ५ सय मिलियन अमेरिकी डलर अनुदान उपलब्ध गराउने आइएमएफको सूचिमा नेपाल पनि परेको हो ।

सोमबार बसेको आईएमफको कार्यकारी सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको आईएपफकी महानिर्देशक क्रिस्टलिना जर्जिभाले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

यो अनुदान आईएफको विपद् न्यूनीकरण तथा राहत कोष (सीसीआरटी) मार्फत् उपलब्ध गराउने छ ।

अनुदान प्राप्त गर्ने मुलुकले आईएमएफलाई सर्तअनुसार तिर्नुपर्ने ऋणको किस्ता भुक्तानीको लागि परिचालन गर्नेछन् ।

यो व्यवस्थाका कारण यी देशले आफ्नो स्रोत स्वास्थ्य सामग्रीसहित आपत्कालीन काममा खर्च गर्न सक्ने आईएमएफको विज्ञप्तिमा जनाइएको छ ।

यस्तो अनुदान पाउने मुलुकहरुमा नेपालसहित, अफगानिस्तान, बेनिन, बुर्किनाफासो, मध्य अफ्रिकी गणतन्त्र, चाड, कोमोरस, प्रजातान्त्रिक गणतन्त्र कंगो, गाम्बिया, गिनिया बिसाउ, हैटी, लाइबेरिया, मालावी, माली, मोजाम्बिक, रुवान्डा, साओ टोम प्रिन्सिप, सियरा लियोन, सोलोमन आइल्यान्ड, ताजिकिस्तान, टोगो र यमन रहेका छन् ।

 

प्रकाशित मिति : ३ बैशाख २०७७, बुधबार  १२ : ०१ बजे

रास्वपाको महत्वपूर्ण चार बुँदे सूचनामा के छ ?

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘पार्टी एकीकरण प्रक्रियाबाट जोडिएका

भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण

भोजपुर– जिल्लामा लगाइएको हिउँदे आलुखेतीमा डढुवा रोगको सङ्क्रमण देखिएको छ

दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु

गलकोट– चार वर्षदेखि निरन्तर बग्दै आएको बागलुङ नगरपालिका-१० स्थित दब्ल्याङको

एमाले महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित : जेनजीका माग पूरा गर्ने प्रतिबद्धता

काठमाडौं – नेकपा (एमाले)को बिहीबार सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले

यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि