जंगलमा लागेको आगोमा परेर १ जनाको मृत्यु « Khabarhub

जंगलमा लागेको आगोमा परेर १ जनाको मृत्यु


३ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महोत्तरीको बर्दिबास नगरपालिकाअन्तर्गत पर्ने जंगलमा लागेको आगोमा परेर १ जनाको मृत्यु भएको छ ।

बर्दिबास नगरपालिका–१० स्थित सरस्वती सामुदायिक वनको जंगलमा लागेको आगोमा परेर सोही ठाउँका ७० वर्षीय हर्क बहादुर बाईबाको मृत्यु भएको हो ।

गाउँबाट आफ्नो घर जान हिँडेका उनको बाटोमा पर्ने जंगलमा लागेको आगोमा जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दिएको छ ।

यस्तै, मकवानपुर, उदयपुर, बारा र बर्दियामा पनि आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट भएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार मकवानपुरको बाग्मती गाउँपालिका–५ ज्यामिरे बस्ने मंगल परियारको घर र गोठमा मंगलबार दिउँसो आगलागी हुन ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

उदयपुरको त्रियुगा नगरपालिका–१६ साईखोला बस्ने प्रेमबहादुर राउतको गोठमा विद्युत सर्ट भइ आगलागी हुँदा ५ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

बाराको निजगढ नगरपालिका–३ सिगौंल बस्ने पोतेमान गोलेको घरमा मंगलबार बिहान आगलागी हुँदा ३ लाख १५ हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।

यस्तै, बर्दियाको बारबर्दिया नगरपालिका–५ मगरागढी बस्ने मीन राज गिरीको गोठमा मंगलबार राति आगलागी हुँदा २ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०७७, बुधबार  १२ : २७ बजे

सुनचाँदीको मूल्य लगातार उकालो

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेको

‘एभेन्जर्स : डुम्स डे’ को टिजर सार्वजनिक, ‘क्याप्टेन अमेरिका’ को धमाकेदार कमब्याक

काठमाडौँ– हलिउडको बहुप्रतीक्षित सुपरहिरो फिल्म ‘एभेन्जर्स : डुम्स डे’ को

क्रान्तिकारी शक्ति एकताबद्ध हुन प्रचण्डको अपिल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सम्पूर्ण क्रान्तिकारी शक्तिलाई

सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

काठमाडौं– वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ ।  आगामी

हामी मिलेर हाम्रो आशाको बंगलादेश बनाउनेछौँ : तारिक रहमान

ढाका– बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमानले