जंगलमा लागेको आगोमा परेर १ जनाको मृत्यु « Khabarhub

जंगलमा लागेको आगोमा परेर १ जनाको मृत्यु


३ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महोत्तरीको बर्दिबास नगरपालिकाअन्तर्गत पर्ने जंगलमा लागेको आगोमा परेर १ जनाको मृत्यु भएको छ ।

बर्दिबास नगरपालिका–१० स्थित सरस्वती सामुदायिक वनको जंगलमा लागेको आगोमा परेर सोही ठाउँका ७० वर्षीय हर्क बहादुर बाईबाको मृत्यु भएको हो ।

गाउँबाट आफ्नो घर जान हिँडेका उनको बाटोमा पर्ने जंगलमा लागेको आगोमा जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दिएको छ ।

यस्तै, मकवानपुर, उदयपुर, बारा र बर्दियामा पनि आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट भएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार मकवानपुरको बाग्मती गाउँपालिका–५ ज्यामिरे बस्ने मंगल परियारको घर र गोठमा मंगलबार दिउँसो आगलागी हुन ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

उदयपुरको त्रियुगा नगरपालिका–१६ साईखोला बस्ने प्रेमबहादुर राउतको गोठमा विद्युत सर्ट भइ आगलागी हुँदा ५ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

बाराको निजगढ नगरपालिका–३ सिगौंल बस्ने पोतेमान गोलेको घरमा मंगलबार बिहान आगलागी हुँदा ३ लाख १५ हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।

यस्तै, बर्दियाको बारबर्दिया नगरपालिका–५ मगरागढी बस्ने मीन राज गिरीको गोठमा मंगलबार राति आगलागी हुँदा २ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०७७, बुधबार  १२ : २७ बजे

गृहमन्त्री गुरूङ र दुई आईजीपी फेरि छलफलमा जुटे, थप नेताहरू पक्राउ पर्न सक्ने 

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले शनिबार साँझ नेपाल प्रहरी र सशस्त्र

प्रधानमन्त्री शाहलाई नेकपाको बधाई, सरकारको कदमप्रति ध्यानाकर्षण

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र

ढोरपाटनमा दोस्रो यामको सिकार सुरु

गलकोट– नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा अहिले दोस्रो यामको

भीरबाट लडेर घाइते एक जनाको निधन

अदानचुली– शुक्रबार दिउँसो भीरबाट लडेर गम्भीर घाइते चङ्खेली गाउँपालिका–२ गर्खाका अक

एमाले अध्यक्ष ओली पक्राउको विरोधमा उत्रेका सात प्रदर्शनकारी पक्राउ

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी