राहत माग्दै वडा कार्यालयमा धर्ना « Khabarhub

राहत माग्दै वडा कार्यालयमा धर्ना


३ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दार्चुला- दार्चुलाको महाकाली नगरपालिका–८ का स्थानीयवासीले राहत उपलब्ध गराउन माग गर्दै वडा कार्यालयमा धर्ना दिएका छन् ।

धापका दलित परिवारका व्यक्तिले आफूहरुलाई राहत उपलब्ध गराउनुपर्ने मागसहित मङ्गलबार वडा कार्यालय धर्ना दिएका हुन् ।

महाकाली नगरपालिकाले सुपथ मूल्य पसल सञ्चालन गरेको भए पनि आफूहरुसँग अर्थाभावका कारण खरिद गर्न सक्ने अवस्था नभएको उनीहरुले जनाएका छन् ।

उनीहरुले सुपथ मूल्य पसल नभइ निःशुल्क खाद्यान्न पाउनुपर्ने माग गरेका छन् । कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन सरकारले गरेको बन्दाबन्दीका कारण आफूहरुले काम गर्न नपाएको र घरमा खाद्यान्न सामग्री केही नभएकाले राहत माग्न वडा कार्यलयमा आएको पावर्ती कोलीले बताइन् ।

वडा नं ८ कार्यालयले ५६ गरिब परिवारको विवरण नगरपालिकालाई पठाएको वडासचिव श्यामसिंह धामीले भने । उनले भने “हामीलाई मूल्य सूचीसहित खाद्य सामग्री उपलब्ध गराएको छ, त्यही आधारमा बिक्री गरिरहेका छौँ ।”

दलित परिवारको माग निःशुल्क वितरण गर्नुपर्ने भएकाले नगरपालिकाले मूल्य तोकी बिक्री गर्न भनेको हुँदा आफूले पैसा लिएर बिक्री गरिरहेको सचिव धामीको भनाइ छ ।

वडाध्यक्ष चक्रसिंह विष्टले पनि गरिब परिवारले राहतका लागि धर्ना दिएको विषयमा आफूले महाकाली नगरपालिकामा जानकारी गराएको बताए । पालिकाले त्यस्ता नागरिकको लगत सङ्कलन गर्न थालेको बुझिएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०७७, बुधबार  १ : ०९ बजे

देश भ्रमले होइन, श्रमले चल्छ : हर्क साम्पाङ

कर्णाली – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देश भ्रमले

संगीतकार नागेन्द्र श्रेष्ठको ‘सुन मायालु’ सार्वजनिक

काठमाडौँ- गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको नयाँ गीत ‘सुन मायालु’

सन्दीप आवद्ध राजशाहीले जित्यो बिपिएलको उपाधि

काठमाडाैं – बंगलादेश प्रिमियर लिग (बिपिएल)को उपाधि राजशाही वारियर्सले जितेको

गगनलाई भावी प्रधानमन्त्रीमा अघि सारेपछि पौडेलले भने- परिवर्तनको यात्रामा सहकार्य गरौँ

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा सहकार्य

देश परिवर्तनको यात्रामा सहकार्य गराैँ : महामन्त्री पौडेल

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा