एम्बुलेन्स चालक बेपत्ता भएपछि आफैं मोटरसाइकल चलाएर आइसोलेसन पुगे कोरोना ‘संक्रमित’ युवक « Khabarhub

एम्बुलेन्स चालक बेपत्ता भएपछि आफैं मोटरसाइकल चलाएर आइसोलेसन पुगे कोरोना ‘संक्रमित’ युवक


३ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– र्‍यापिट डाइग्नोस्टिक टेस्ट किट (आरडीटी)बाट गरिएको परीक्षणमा एन्टिबडी पोजेटिभ (कोरोना संक्रमणको संकेत) देखिएका धादिङका युवक आफैं मोटरसाइकल चलाएर अस्थायी आइसोलेसनमा पुगेका छन् ।

कोरोना संक्रमणको संकेत देखिएका व्यक्तिलाई बोक्ने एम्बुलेन्स फेला नपरेपछि गाउँपालिकासँगको समन्वयमा युवक आफैं मोटरसाइकल चलाएर आइसोलेसनमा पुगेका हुन् ।

आरडीटी परीक्षणका क्रममा मंगलबार धादिङको ज्वालामुखी गाउँपालिकाका युवकमा एन्टिबडी पोजेटिभ देखिएको थियो । त्यसपछि उनलाई आइसोलेसनमा ल्याउन गाउँपालिकाले एम्बुलेन्सको व्यवस्थापन गर्न शुरु गरेको थियो ।

तर, गाउँपालिकामा रहेको एम्बुलेन्सका चालक कोरोना संक्रमितलाई बोक्नुपर्ने भन्दै बेपत्ता भए । पछि गाउँपालिकाले नै संक्रमणको संकेत देखिएका युवालाई मोटरसाइकल उपलब्ध गराएको थियो ।

उनी गाउँपालिकाले नै उपलब्ध गराएको मोटरसाइकल चलाएर धादिङ बेशीमा रहेको कृषि ज्ञान केन्द्रमा बनाइएको अस्थायी आइसोलेसनमा आइपुगेका हुन् ।

ज्वालामुखी गाउँपालिकाका अध्यक्ष विनोद तिमल्सिनाले एम्बुलेन्स नपाएपछि युवकलाई बाइक उपलब्ध गराएर मंगलबार राती १० बजे धादिङबेसीको आइसोलेसनमा पुर्‍याइएको बताए ।

‘एम्बुलेन्स नपाएपछि हामीले बाइक उपलब्ध गरायौं, उहाँ आफैं बाइक चलाएर हिजो राती १० बजे तिर आइसोलेसनमा पुग्नुभयो,’ गाउँपालिकाका अध्यक्ष तिमल्सिनाले खबरहबसँग भने ।

अध्यक्ष तिमिल्सिनाका अनुसार कोरोना संक्रमणको संकेत देखिएका युवक भाग्न सक्ने भन्दै उनको निगरानीका लागि जनप्रतिनिधि पनि अर्को मोटरसाइकलमा उनको पछिपछि आएका थिए ।

गाउँपालिकाका अध्यक्ष तिमल्सिनाका आरडीटी परीक्षणबाट एन्टिबडी पोजेटिभ आएपछि ती युवाको पीसीआर विधिबाट परीक्षण गर्न थ्रोट स्वाब संकलन गरिएको छ । संकलति स्वाबको नमूना परीक्षणका लागि बागमती प्रदेशको प्रयोगशाला हेटौंडामा पठाइएको अध्यक्ष तिमिल्सिनाले जानकारी दिए ।

र्‍यापिड टेस्टका क्रममा युवामा कोरोना पोजेटिभ देखिए पनि उनमा कोरोनाको कुनै लक्षण भने नदेखिएको अध्यक्ष तिमल्सिनाको भनाइ छ ।

‘युवकले आफैं बाइक चलाएर आइसालेसनमा पुगे, मलाई केही लक्षण छैन, म स्वस्थ छु भनेका छन् । मलाई कसरी कोरोना देखियो थाहा छैन तर मसँग कोरोनासँग लड्ने क्षमता छ, म आवश्यक पर्ने केयर पनि आफुलाई गर्छु भनेका छन्,’ गाउँपालिकाका अध्यक्ष तिमल्सिनाले खबरहबसँग भने ।

प्रकाशित मिति : ३ बैशाख २०७७, बुधबार  १ : ४० बजे

जन्मथलो बेनीबाट प्रकाश दुतराजको नयाँ साङ्गीतिक यात्रा

म्याग्दी – गायक प्रकाश दुतराजले जन्मथलो म्याग्दीबाट सामूहिक लोकसङ्गीत साङ्गीतिक

भोटेकोशी बाढीमा एक हजार ३८४ शव भेटिए, चार हजार बढी अझै बेपत्ता

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन जारी, प्रधानमन्त्री कोषमा रकम जुट्दै

काठमाडौँ – भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढी प्रभावितका

मुस्ताङ भन्सारमा १५ दिनमै पौने दुई अर्ब राजस्व

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार

आज तीजको दर खाने दिन

काठमाडौँ – हरितालिका (तीज) व्रतका लागि शक्ति प्राप्त गर्न नेपाली