र्‍यापिड टेष्टमा बहराइनबाट फर्किएका गोरखाका युवामा देखियो कोरोना पोजिटिभ « Khabarhub

र्‍यापिड टेष्टमा बहराइनबाट फर्किएका गोरखाका युवामा देखियो कोरोना पोजिटिभ


३ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा- आरडीटी किटबाट गरिएको परीक्षणमा गोरखामा एक जनामा कोरोना पोजेटिभ देखिएको छ ।

र्‍यापिड डायग्नोष्टिक टेष्ट (आरडीटी) किटबाट गरिएको कोभिङ–१९ (कोरोना) परीक्षणमा गोरखा आरुघाटका एक युवामा पोजिटिभ देखिएको छ ।

आरुघाट गाउँपालिका–५ का ३१ वर्षीय ती व्यक्ति फागुन २३ गते बहराइनबाट फर्किएका थिए ।

उनको स्वाब परीक्षणका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरा पठाइएको छ । विदेशबाट फर्किएको ४० दिनपछि परीक्षण गर्दा उनमा संक्रमण देखिएको हो ।

किटबाट परीक्षण गर्दा पोजिटिभ देखिए पनि उनमा कोरोनाको लक्षण नदेखिएको र उनीबिरामी पनि नभएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नारायण अर्यालले बताए ।

आरुघाटमा विदेशबाट आएका सबैको परीक्षण गरिँदा उनको मात्रै पोजिटिभ देखिएको हो। उनीसँगै विदेशबाट आएका अर्का व्यक्तिको पनि स्वाब परीक्षणका लागि पोखरा पठाइएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०७७, बुधबार  १ : ३२ बजे

आज २०८२ साल पुस १३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १३ गते आइतबार तदनुसार

नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड

काठमाडौं – उपसभामुख इन्दिरा रानाले आपसी सम्मान र समझदारीमा आधारित

सुदूरपश्चिमका चार स्थानमा इलाका प्रशासन कार्यालय स्थापना हुने

बैतडी – बैतडीको मेलौलीसहित सुदूरपश्चिमका चार स्थानमा इलाका प्रशासन कार्यालय

अफगानिस्तानले कान्दाहारमा चार हजार परिवारका लागि नयाँ आवासीय बस्ती निर्माण गर्ने

काबुल – अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा विदेशबाट फर्किएका चार हजार

अस्तित्व समाप्त हुनेगरी पार्टी एकता नगर्ने उज्यालो नेपालको निर्णय

काठमाडौं – उज्यालो नेपालले पार्टीको अस्तित्व समाप्त हुनेगरी कुनै पनि