दुर्गेशको गीतमा फ्यानको आपत्ति, भन्छन् – यो गीतमा तत्काल प्रतिबन्ध लगाइनुपर्छ « Khabarhub

दुर्गेशको गीतमा फ्यानको आपत्ति, भन्छन् – यो गीतमा तत्काल प्रतिबन्ध लगाइनुपर्छ


३ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायक दुर्गेश थापाले हालै ‘द मास्कर’ बोलको गीत युट्युबमार्फत सार्वजनिक गरे । यो गीत रिलिज लगत्तै गीत हेर्ने/सुन्ने नेपालीले मिश्रित प्रतिक्रिया दिइरहेका छन् ।

‘बीच बीचमा’ बोलको गीत गाएर एकाएक चर्चामा आएका दुर्गेशले त्यसपछि बजारमा सार्वजनिक गरेको गीत ‘ह्याप्पी तिहार’ ले उनलाई विवादमा तानेको थियो ।

‘हयाप्पी तिहार’ बोलको गीतमा प्रयोग गरिएका केही शब्दमा आपत्ति जनाउँदै विरोध भएपछि उक्त गीत उनले युट्युबबाट हटाएर परिमार्जन सहित पुनः सार्वजनिक गरेका थिए ।

दुर्गेशले सोमबार सार्वजनिक गरेको गीतमा हजारभन्दा बढी प्रतिक्रिया आएका छन् । तीमध्ये केहीले यो गीत निकै दमदार भएको लेखेका छन् । धेरैले भने गाली गरेका छन् ।

‘दुर्गेश थापाको नयाँ गीत आएको रैछ, यसो सुनेको संसारकै उत्कृष्ट लिरिक्स रहेछ, अन्तर्राष्ट्रिय अवार्ड थाप्नुहुने भयो,’ एक प्रयोगकर्ताले फेसबूकमा लेखेकी छिन्, ‘यस्तो गीत गाउनुभन्दा मागेर खानु राम्रो ।’

युट्युबमा भने धेरैले गीतले मन जितेको बताएका छन् । दुर्गेशका केही डाइहार्ड फ्यानले गीत मन परेको लेखेका छन् । ‘निर्मला पन्तको बारेमा बोलेको राम्रो लाग्यो, गीत त हावा नै हो,’ एक प्रयोगकर्ताले युट्युबमा कमेन्ट गरेका छन् ।

गीतमा प्रयोग गरिएका शब्दलाई लिएर धेरैले विरोध गरेका छन् । कतिले भने गीत राम्रो भएको भन्दै दुर्गेशको समर्थन गरेका छन् ।
नारायण आचार्यले लेखेका छन्, ‘यो गीत दामी छ भन्नेहरु पनि एउटा समाजकै विकृति हुन् ।’

दुर्गेशले गीतमा केही छाडा शब्दको प्रयोग गर्दै समाजमा देखिएका विकृतिलाई गाली गरेका छन् । तर, उनले विकृतिलाई गाली गर्न पनि त्यस्तै भाषाको प्रयोग गरेको भन्दै दर्शकले असहमति जनाएका छन् ।

यो गीतलाई कपिपयले र्‍यापर भिटेन (समीर घिसिङ) को गीतबाट प्रभावित भएको र नयाँपन केही नभएको प्रतिक्रिया दिएका छन् ।

‘म पनि एक साहित्य क्षेत्रमा रुचि राख्ने भएकोले गायक दुर्गेश थापा निकै राम्रो मोडेल तथा गायक जस्तो लागेको थियो तर पछिल्लो समयमा उनको नयाँ गीत आएको रहेछ, जसले यो गीत दामी छ भनेर कमेन्ट गरेका छन् त्यी पनि नेपाली समाजमा विकृति ल्याउने मानिस हुन् ,’ अमृता पौडेलले कमेन्ट गरेकी छिन्, ‘ओहो भगवान यस्तो गीत परिवारको माझ बसेर कसरी सुन्नेरुरु छोराछोरी यस्तो गीत सुनेर कुन मार्गमा जालान्, यसलाई दुर्गेश थापाको कला होइन अत्यधिक छाडा गीत मानिन्छ, अब हाम्रो संस्कृति कतातिर जान्छ?’

अर्का एक प्रयोगकर्ताले आपत्ति जनाउँदै लेखेका छन् – यो गीतलाई प्रतिबन्ध लगाएर तत्काल गाउनेलाई पक्राउ गरेर मुद्दा चलाउनु पर्छ ।

प्रकाशित मिति : ३ बैशाख २०७७, बुधबार  १ : ४६ बजे

विशेष महाधिवेशन पक्षधरलाई कांग्रेस प्रतिनिधिको विश्वास

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अहिले मतगणना जारी छ ।

कालोपत्रे गरेको ६ महिना नबित्दै उक्कियो शैलुङ- कालापानी सडकको कालोपत्रे 

दोलखा– दोलखाको प्रमुख पर्यटकीय गन्तव्य शैलुङ जोड्ने मुडे–बागखोर–कालापानी सडकको कालोपत्रे

चाडपर्वमा सुरक्षाका लागि मकवानपुरमा ६३६ प्रहरी परिचालन

हेटौँडा– जिल्ला प्रहरी कार्यालय मकवानपुरले बडादसैँ, दीपावली, नेपाल संवत् र

नेपाली कांग्रेस महाधिवेशन : सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना अन्तिम तयारी

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत भइरहेको मतगणनाको क्रममा

सलमान खानले सुरु गरे आफ्नै युट्युब च्यानल

काठमाडौं– पर्दामा एक्सन, रोमान्स र दमदार संवादका लागि चिनिने बलिउड