पोखरा र चितवनका एक/ एक जनामा आरडीटी परीक्षण रिपोर्ट पोजेटिभ | Khabarhub Khabarhub

पोखरा र चितवनका एक/ एक जनामा आरडीटी परीक्षण रिपोर्ट पोजेटिभ


३ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –पोखरा र चितवनमा एक /एक जनामा  र्‍यापिड डायग्नोस्टिक टेस्क (आरडीटी) किटको परीक्षण रिपोर्ट पोजेटिभ देखिएको छ ।

पोखरामा ५५ वर्षीया एक महिला र चितवनमा ४७ वर्षीय पुरुषको आरडीटी परीक्षण पोजेटिभ देखिएको हो ।

दुबईमा रहेका छोरालाई भेटेर २७ दिनअघि फर्किएकी पोखरा–१२ ढिकालेथरकी महिलाको रगतको नमुना किटबाट परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएको र उनको स्वाब पीसीआरबाट परीक्षणका लागि पठाइएको छ ।

पोखराको १० र १२ नम्बर वडाका ३४ जनाको नमुना परीक्षण गर्दा उनको नतिजा दोस्रोपटक परीक्षण गर्दा समेत पोजिटिभ देखिएकोले स्वाब परीक्षणका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएको हो ।

उक्त स्वाब पीसीआर मेसिनमा परीक्षण पश्चात कोरोना भाइरस भएरनभएको पुष्टि हुने पोखरा महानगर स्वास्थ्य महाशाखाले जनाएको छ ।

त्यस्तै चितवनको रत्ननगरमा आरडीटी परीक्षण गर्दा एक जनामा एन्टीबडी पोजेटिभ देखिएको छ । बुधबार रत्ननगर नगरपालिकाका ३९ जनाको आरडीटी विधिबाट कोरोना संक्रमण परीक्षण गर्दा ४७ वर्षका पुरुषमा पोजेटिभ नतिजा देखिएको हो ।

हाल उनलाई रत्ननगरकै गुञ्जमान सिंह अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ । उनको अवस्था सामान्य रहेको जनाइएको छ ।
रत्ननगर नगरपालिकाकै बासिन्दा ती व्यक्ति ३२ दिनअघि दक्षिण कोरियाबाट नेपाल आएका थिए । उनको प्रयोगशाला परीक्षणका लागि स्वाब संकलन गरी भरतपुर कोरोना प्रयोगशालामा पठाइएको छ ।

‘परीक्षणको दायरा अब निश्चित केन्द्रबाट ‘घुम्ती स्वास्थ शिविर’ को शैलीमा समुदायसमक्ष र्पुयाउन अनिवार्य भएको छ,’ प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अतः नेपाली कांग्रेस गाउकक तहसम्म ‘घुम्ती परीक्षण शिविर’ चलाउने तयारी तत्काल सुरु गर्न तिनै तहका सरकारलाई युद्धस्तरमा समन्वयसाथ कार्य गर्न अपिल गर्दछ।’

कांग्रेसले कोरोनाको जोखिम सामना गर्न सामग्री, दक्षता र गति बढाउन पनि सरकारको ध्यानाकर्षण गराएको छ। संक्रमणको जोखिम बढेको औल्याउककदै लकडाउनको समयावधि थप गर्नु स्वाभाविक भएको भन्दै कांग्रेसले लकडाउनसककगै कोरोनासककग जुध्ने गति र सतर्कताको मात्रा थप्न नसके परास्त गर्न नसकिनेतर्फ सतर्कता उपनाउन आग्रह गरेको छ।

लकडाउनका बाबजुत कयौं देश कोरोनाको चपेटामा परेको अनुभवबाट शिक्षा लिककदै, थपिएको अवधिमा अघिल्लो चरणका कमजोरी अन्त्य गरेर सतर्कताको स्थितिलाई मजबुत तुल्याउन कांग्रेसले अपिल गरेको छ ।

प्रकाशित मिति : ३ बैशाख २०७७, बुधबार  ४ : ३० बजे

बिग बोस १९ सुरु, नयाँ प्रतियोगी र होस्ट सलमान खान

काठमाडौं – भारतीय रियालिटी शो “बिग बोस १९” प्रिमियर भएको

‘नाडा अटो शो’मा १ लाख ६० हजार बढीले गरे अवलोकन 

काठमाडौं– नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपालले आयोजना गरेको नाडा अटो

राजधानीको जमल, भोटाहिटी र सुन्धारा क्षेत्रको फुटपाथको अवस्था (तस्बिरहरू)

काठमाडौं– काठमाडौं उपत्यकामा बसोबास गर्ने करिब ६० मानिसमध्ये २० लाख

सुनको मूल्य ३०० रुपैयाँले घट्यो, चाँदीको कति ? 

काठमाडौं– सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी रत्न

उत्तर प्रदेशको बुलन्दशहरमा सडक दुर्घटना, आठ जनाको मृत्यु

काठमाडौं – भारतको उत्तर प्रदेशमा पर्ने बुलन्दशहरमा सडक दुर्घटनामा परी