घाइते बालकको हेलिकप्टरमार्फत उद्धार | Khabarhub Khabarhub

घाइते बालकको हेलिकप्टरमार्फत उद्धार


३ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पूर्वी उत्तरी भेगमा पर्ने बूढीनन्दा नगरपालिका–७ कालेगाडमा घरको आँगनमा खेल्दै गरेका अवस्थामा लडेर घाइते भएका बालकको आज हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

मंगलबार घरको आँगनमा खेलिरहेका अवस्थामा घाइते भएका स्थानीयवासी महेश कार्कीका पाँच वर्षीय छोरा खगेन्द्रको कोल्टी प्राथमिक स्वास्थ्यचौकीमा उपचार सम्भव नभएपछि जिल्ला प्रशासन कार्यालयको पहलमा संघीय सरकारको सहयोगमा घाइते बालकलाई कोहलपुर लगी उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी गङ्गाप्रसाद न्यौपानेले जानकारी दिए ।

मंगलबार अपराह्न ३ बजे लडेर करीब २० मिटर तल खस्दा टाउको र शरीरमा चोट लाग्नाका साथै दुवै कानबाट रगत बग्न थालेपछि कोल्टीमा उपचार सम्भव नभएकाले नेपाली सेनाको एनए ००५ नम्वरको इक्युरेल हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

घाइते बालकलाई थप उपचारका लागि नेपालगञ्जको कोहलपुर मेडिकल कलेजमा लगिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक टंकप्रसाद भट्टराइले बताउनुभयो । घाइते बालकको इलाका प्रहरी कार्यालय कोल्टीका प्रहरी नायब निरीक्षकको टोलीले उद्धार गरी कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि ल्याएको थियो ।

प्रकाशित मिति : ३ बैशाख २०७७, बुधबार  ५ : ३० बजे

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर

काठमाडौं–  काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै पहिलो प्रदूषित

खबरहबकर्मी शर्मालाई मातृशोक

काठमाडौं– खबरहबकर्मी राघव शर्मालाई मातृशोक परेको छ । छ महिनाअघि

ठोरी भन्सार सञ्चालनमा

चितवन– माडी नगरपालिका र पर्साको ठोरी जोड्ने ठोरी छोटी भन्सार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो

काठमाडौं– बाक्लो तुवाँलोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द भएको पोखरा अन्तर्राष्ट्रिय

आयोगले उपनिर्वाचनको परिणाम प्रतिवेदन राष्ट्रपतिलाई बुझायो

काठमाडौं– निर्वाचन आयोगले बैशाख १५ मा सम्पन्न उपनिर्वाचनको परिणाम प्रतिवेदन