च्याम्पियन्स लिग : पीएसजीसँग म्यानचेस्टर सिटी स्तब्ध « Khabarhub

च्याम्पियन्स लिग : पीएसजीसँग म्यानचेस्टर सिटी स्तब्ध


२९ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग स्तब्ध बनेको छ । गएराति भएको खेलमा पीएसजीले सिटीलाई ४–२ गोलको अन्तरले हराएको हो ।

पीएसजीका लागि डेसिरे डुए, ओसमान डेम्बेले, भिटिन्हा र म्याग्नेस अक्लियोचेले एक–एक गोल गरेका थिए । म्यानचेस्टर सिटीका अर्लिङ हालाण्डले दुई गोल फर्काएका थिए ।

पीएसजीका डुएले खेलको १३औँ मिनेटमा गोल गर्दै पीएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै, १५औँ मिनेटमा डेम्बेलेले गोल गर्दै टोलीको अग्रतालाई दोब्बर बनाए । ३२औँ मिनेटमा भिटिन्हाले गोल गरेपछि पीएसजी ३–० गोलले अगाडि भयो ।

खेलको ५३औँ मिनेटमा सिटीका हालाण्डले गोल गर्दै खेललाई ३–१ गोलको स्थितिमा ल्याए । तर ६३औँ मिनेटमा म्याग्नेसले गोल गरेपछि पीएसजीले ४–१ गोलको अग्रता लियो ।

खेलको ७५औँ मिनेटमा हालाण्डले व्यक्तिगत दोस्रो गोल गरेर खेललाई ४–२ को अवस्थामा ल्याए पनि सिटीको हारलाई जोगाउन सकेनन् ।

यो जितसँगै पीएसजी २ खेलबाट ६ अंकसहित शीर्षस्थानमा रहेको छ । पराजित भएको म्यानचेस्टर सिटी समान खेलबाट ३ अंकका साथ तालिकाको १७औँ स्थानमा छ ।

प्रकाशित मिति : २९ आश्विन २०८३, बिहीबार  ७ : ५२ बजे

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको

च्याम्पियन्स लिग : पीएसजीसँग म्यानचेस्टर सिटी स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी फ्रान्सेली क्लब

कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

स्याङ्जा– स्याङ्जाको वालिङ– १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले

यी भूभागमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल