कोरोनाभाइरसको त्रासबीच दक्षिण कोरियामा संसदको चुनाव | Khabarhub Khabarhub

कोरोनाभाइरसको त्रासबीच दक्षिण कोरियामा संसदको चुनाव


३ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सियोल- कोरोनाभाइरसको महामारीकै त्रासबीच दक्षिण कोरियामा बुधबार संसदको चुनाव भएको छ । मतदान केन्द्रहरुमा आम मतदाताहरु सामाजिक दूरी कायम गर्दै मास्क लगाएर उपस्थित भएका थिए ।

राष्ट्रपति मून जाए–इनका लागि मध्यावधि जनमतसंग्रहका रुपमा हेरिएको यस संसदीय चुनावलाई स्थगन गर्न दबाब दिइए पनि सरकारले चुनाव नसार्ने निर्णय गरेको थियो ।

कोरियाली मतदाताहरु विचारधारात्मक, पुस्तागत मान्यता तथा क्षेत्रीयताका आधारमा बाँडिएका भए पनि पछिल्लो चुनावी मतसर्वेक्षणले राष्ट्रपति मून र उनको उदारवादी पार्टीले स्पष्ट बहुमत हासिल गर्न सक्ने देखाएको छ । खासगरी, चीन, युरोप र उत्तर अमेरिकी मुलुकमा कोरोनाभाइरसले सर्वाधिक असर पारेको भए पनि कोरियाले अपनाएको कोरोना परीक्षण र क्वारेन्टिनको चुस्त शैलीले आमजनतामा विश्वास बढाएको पाइएको छ ।

“हामी अहिले कठिन मोडमा छौं, तर कोरोनाभाइरस र राजनीति दुई भिन्न कुरा हुन्,” सियोलको मतदान केन्द्रमा भेटिएका ५७ वर्षीय ली कुमले बताए ।

अर्की सियोल निवासी ४५ वर्षीया चुङ युन–योङले आफू मतदान केन्द्रमा लामो लाइनमा बस्नु नपरोस् भनेर बिहानै ६ बजे मतदान केन्द्रमा आइपुगेको बताएकी थिइन ।

“म कोरोनाभाइरसबाट निकै चिन्तित छु,” उनले भनिन्। “अधिकारीहरुले मेरो शरीरको तापक्रम नापे र ग्लोब्स दिए । तर यहाँ मैले सोचेजति दिक्दारीलाग्दो अवस्था रहेनछ ।”

मतदान केन्द्रहरु रहेका सरकारी कार्यालयहरु र स्कुलहरुमा लामा लाइनहरु सर्पजस्ता देखिन्थे । यस चुनावमा ठूलो संख्यामा मानिसले मतदानमा भाग लिएको पाइएको छ ।

सरकारी अधिकारीहरुले आफूखुशी एकान्तबास (क्वारेन्टिन)मा बसेका योग्य मतदाता र करिब १३ हजार कोरोना संक्रमित व्यक्तिहरुलाई चुनावअघि नै मोबाइलबाट मतदानमा सहभागी हुन सक्ने भन्दै सन्देश पठाएका थिए । ज्वरो नआएका वा श्वास प्रश्वासमा समस्या नदेखिएका व्यक्तिलाई साँझपख ५.२० बजेदेखि ७ बजेसम्म मतदान केन्द्रमा आएर मतदान गर्न सक्ने सूचना दिइएको छ ।

अन्य व्यक्तिका लागि भने ५ बजेपछि मतदान गर्न नपाउने व्यवस्था गरिएको छ ।

क्वारेन्टाइनमा रहेका मतदातालाई ट्राकिङ एप्सको सहयोगमा अनुगमन गर्ने वा अर्को व्यक्तिको साथमा मतदान केन्द्रसम्म ल्याउने व्यवस्था गरिएको छ ।

यस्ता मतदातालाई एकअर्कासँग २ मिटरको दूरीमा राखिने प्रबन्ध गरिएको चुनाव अधिकारीहरुले बताएका छन् । चुनावमा खटिने व्यक्तिहरुले सुरक्षात्मक पोशाक लगाउने तथा प्रत्येक मतदाताले मतदान गरिसकेपछि मतदान स्थललाई सफाई गर्ने योजना बनाइएको छ ।

अस्पतालमा उपचारारत व्यक्तिले भने हुलाक मार्फत मतदान गर्न पाउने छन् । करिब ४०० जना सामान्य बिरामी व्यक्तिले भने अस्थायी आश्रयबाटै बिहानै मतदान गरिसकेका छन् ।

दक्षिण कोरियामा १० हजार ५९० जनाभन्दा बढीमा कोरोनाभाइरसको संक्रमण देखिएको छ भने २२५ जनाको मृत्यु भएको छ । पछिल्ला साताहरुमा नयाँ संक्रमित व्यक्तिहरुको संख्या घट्न थालेको छ । तर निकै घनाबस्ती रहेको सियोलमा कोरोनाको संक्रमण फैलिने खतरा बढेको अधिकारीहरुले बताएका छन् ।

दक्षिण कोरियाको ३०० सदस्यीय संसदको प्रत्येक चार वर्षमा चुनाव हुने गर्दछ । संसदका २५३ जना विभिन्न जिल्लाबाट प्रत्यक्ष निर्वाचित हुन्छन् भने बाँकी ४७ स्थान समानुपातिक प्रतिनिधित्व हुने गर्दछ ।

दर्जनौं पार्टीका उम्मेदवारहरु चुनावी मैदानमा रहेका भएपनि राष्ट्रपति मून जाए–इनको सत्तारुढ डेमोक्र्याटिक पार्टी र मुख्य विपक्षी युनाइटेड फ्युचर पार्टीबीच मुख्य रुपमा प्रतिस्पर्धा हुने देखिएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०७७, बुधबार  ६ : ०३ बजे

तत्काल उचित निकास दिन तरुण दलको आग्रह

काठमाडौं – नेपाल तरुण दलले जेन्जी आन्दोलनका क्रममा भएको हिंसा

नयाँ दल खोल्दै सुशीलालाई अन्तरिम प्रधानमन्त्रीमा समर्थन गरेका बालेन

काठमाडौँ- मंगलबार दिनभर आन्दोलन गरेर कयौँ सरकारी सम्पदा र नेताका

देशलाई संकटबाट बचाउन संसद विघटन र नयाँ राजनीतिक संरचना आवश्यक: लिङ्देन

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकलाई

सोबिताले भनिन्: संसद विघटन गर्न पाइँदैन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोभिता गौतमले संसद

अन्तरिम सरकारको नेतृत्वमा सुशीला कार्कीलाई पूर्ण समर्थन छ : बालेन

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पूर्व प्रधानन्यायाधीश सुशीला