कोरोनाभाइरसको प्रकोपमा अमेजनका मालिक बेजोसले कमाए थप २४ अर्ब अमेरिकी डलर  « Khabarhub

कोरोनाभाइरसको प्रकोपमा अमेजनका मालिक बेजोसले कमाए थप २४ अर्ब अमेरिकी डलर 


३ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेजनका संस्थापक तथा मालिक जेफ बेजोसले कोरोनाभाइरसको महामारीमा बढेको अनलाइन किनमेलका कारण आफ्नो सम्पत्तिमा २४ अर्ब अमेरिकी डलर थपेका छन्।

विश्वका सबैभन्दा धनी व्यक्ति बेजोससँग अहिले एक खर्ब २४ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति भएको ब्लूमबर्ग बीलीनेअर्स इन्डेक्सको तथ्याङ्क छ। अनलाइन किनमेलका लागि विश्वविख्यात अमेजनले कोरोनाभाइरसको विश्वव्यापी महामारीको बेला बढेको अनलाइन किनमेलबाट फाइदा लिएको छ।

माग बढेपछि आपूर्ति धान्नको लागि अमेजनले हजारौँ नयाँ जागिर सिर्जना गरेको छ। यति हुँदाहुँदै पनि अमेरिकामा कोरोनाभाइरसबाट बच्न यथेष्ट प्रयास नगरेको भन्दै अमेजनको आलोचना भएको छ।

अमेजनमा बेजोसको ११ प्रतिशत शेयर छ र मङ्गलवार मात्रै अमेजनको शेयरको मूल्य ५.३ प्रतिशतले बढेको छ।लकडाउनमा अन्य अनलाइन किनमेल संस्थाहरूले पनि नाफा गरेका छन्।

वालमार्टका मालिक परिवारको यो वर्ष सम्पत्ति ५ प्रतिशत बढेको छ र सो परिवार विश्वको सबैभन्दा धनी परिवार बनेको छ। लाखौँ मानिसहरूले घरबाट काम गर्न जुम प्रयोग गरेपछि यसका संस्थापक इरिक युआनको सम्पत्ति दोबर भएर सात अर्ब ४० करोड अमेरिकी डलर पुगेको छ।

प्रकाशित मिति : ३ बैशाख २०७७, बुधबार  ८ : ४७ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना