बंगलादेशस्थित विश्वकै सबैभन्दा ठूलो शरणार्थी शिविरमा पनि कोरोना भाइरसको संक्रमण « Khabarhub

बंगलादेशस्थित विश्वकै सबैभन्दा ठूलो शरणार्थी शिविरमा पनि कोरोना भाइरसको संक्रमण


२ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  बंगलादेशस्थित रोहिंग्याहरू राखिएको विश्वको सबैभन्दा ठूलो शरणार्थी शिविरमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ ।

बंगलादेशको कक्स बजारमा रहेको शिविरमा बस्दै आएका दुई जना रोहिंग्यामा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

सोही क्याम्पमा बस्ने १ हजार ९ सय शरणार्थीहरूलाई पनि आइसोलेसनमा राखिएको छ ।

सघन बसोबास रहेको शरणार्थी क्याम्पमै कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि त्यहाँ लाखौं मानिसमा संक्रमणको खतरा भएको छ ।

बीबीसीका अनुसार उक्त स्थानमा प्रति वर्गकिलोमिटर ४० हजार देखि ७० हजारसम्म शरणार्थीको बसोबास छ ।

म्यानमारमा जातिय हिंसा भएपछि सन् २०१७ मा १० लाख हाराहारी रोहिग्या भागेर बंगलादेश पुगेका थिए ।

प्रकाशित मिति : २ जेठ २०७७, शुक्रबार  ६ : ०७ बजे

बर्डफ्लू सङ्क्रमण फैलिएपछि सुनसरीमा १९ हजार कुखुरा नष्ट

सुनसरी– सुनसरीका विभिन्न स्थानीय तहमा किसानका कुखुरा फार्ममा बर्डफ्लू सङ्क्रमण

बिचौलियालाई यातायात व्यवस्था कार्यालयमा प्रवेश निषेध

कञ्चनपुर– यातायात व्यवस्था कार्यालय महेन्द्रनगरले कार्यालय परिसरभित्र बिचौलियाको प्रवेश पूर्ण

महाकालीमा बगेर एक जना बेपत्ता

बैतडी– महाकाली नदीमा बगेर पञ्चेश्वर गाउँपालिका–४ बन्नाका ६४ वर्षीय कृष्ण

सुनको मूल्य ७ हजार ४०० रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ ।

प्रि ओपन सेसन : झिनो अंकको वृद्धि

काठमाडौँ– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल