बंगलादेशस्थित विश्वकै सबैभन्दा ठूलो शरणार्थी शिविरमा पनि कोरोना भाइरसको संक्रमण « Khabarhub

बंगलादेशस्थित विश्वकै सबैभन्दा ठूलो शरणार्थी शिविरमा पनि कोरोना भाइरसको संक्रमण


२ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  बंगलादेशस्थित रोहिंग्याहरू राखिएको विश्वको सबैभन्दा ठूलो शरणार्थी शिविरमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ ।

बंगलादेशको कक्स बजारमा रहेको शिविरमा बस्दै आएका दुई जना रोहिंग्यामा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

सोही क्याम्पमा बस्ने १ हजार ९ सय शरणार्थीहरूलाई पनि आइसोलेसनमा राखिएको छ ।

सघन बसोबास रहेको शरणार्थी क्याम्पमै कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि त्यहाँ लाखौं मानिसमा संक्रमणको खतरा भएको छ ।

बीबीसीका अनुसार उक्त स्थानमा प्रति वर्गकिलोमिटर ४० हजार देखि ७० हजारसम्म शरणार्थीको बसोबास छ ।

म्यानमारमा जातिय हिंसा भएपछि सन् २०१७ मा १० लाख हाराहारी रोहिग्या भागेर बंगलादेश पुगेका थिए ।

प्रकाशित मिति : २ जेठ २०७७, शुक्रबार  ६ : ०७ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी