आईओसीले ल्यायो ८ सय मिलियन अमेरिकी डलरको आर्थिक प्याकेज | Khabarhub Khabarhub

आईओसीले ल्यायो ८ सय मिलियन अमेरिकी डलरको आर्थिक प्याकेज


२ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि (आईओसी) ले टोकियो ओलम्पिक एक वर्ष पछि थकेलिएपछि त्यसका लागि ८ सय मिलियन अमेरिकी डलर बराबरको आर्थिक प्याकेज ल्याएको छ ।

नोबेल कोरोना भाइरस (कोभिड १९) का कारण यो वर्ष हुने तय भएको टोकियो ओलम्पिक २०२१ सम्मका लागि सरेपछि आयोजक जापानले आर्थिक रुपमा भार पर्ने बताउँदै आएको थियो ।

आयोजकको समस्यालाई मध्यनजर गर्दै ६ सय ५० मिलियन अमेरिकी डलर आईओसीले सहयोग गर्ने भएको छ । यस्तै, अन्य खेलकुद संघ र राष्ट्रिय ओलम्पिक कमिटिहरुलाई पनि आर्थिक सहयात प्रदान गर्नेगरि आईओसीले प्याकेजको घोषणा गरेको हो ।

जसमा ओलम्पिक आयोजकलाई ६ सय ५० मिलियन र अन्य खेल संघ तथा राष्ट्रिय ओलम्पिक कमिटिका लागि १ सय ५० मिलियन अमेरिकी डलर बराबरको प्याकेज रहेको छ ।

आईओसी अध्यक्ष थोमस बाचले अहिले ल्याएको प्याकेजले केही हदसम्म सहज हुने बताएका छन् ।

‘अहिलेको परिस्थितीसँग कम्प्रोमाइज गर्नुपर्ने भएको छ । यतिबेला सबैले त्याग गर्नुपर्ने छ,’ अध्यक्ष बाचलार्ई उद्धत गर्दै बीबीसीले लेखेको छ ।
कोरोनाले निम्त्याएको समस्यासँग जुध्न यस्तो प्याकेज ल्याइएको उनको भनाई छ ।

टोकियो ओलम्पिक २०२१ जुलाई २३ देखि अगस्ट ८ सम्मका लागि तोकिएको छ । तर, त्यतिसम्म पनि कोभिड १९ को भ्याक्सिन पत्ता नलागे ओलम्पिक रद्ध गर्नु पर्ने अवस्था आउने बारे चर्चा भइरहँदा अध्यक्ष बाचले भने त्यसबार अहिले निस्कर्षमा पुग्नु हतार हुने बताएका छन् ।

प्रकाशित मिति : २ जेठ २०७७, शुक्रबार  ९ : ४४ बजे

जिरोनामाथि बार्सिलोनाको रोमाञ्चक जित

काठमाडौं – स्पेनिश लालिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले

काठमाडौं उपत्यकामा स्वरुप परिर्वतन गरिएका २७५ बाइक नियन्त्रणमा

काठमाडौं – उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्वरुप परिर्वतन गर्ने २७५

एभर्टनविरुद्ध म्यानचेस्टर सिटीको सहज जित, हालान्ड बने नायक

म्यानचेस्टर – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा

गोरखा बजारबाट २० किलोग्राम पटका बरामद

गोरखा – प्रहरीले गोरखा बजारबाट २० किलोग्राम पटका बरामद गरेको

साहित्यकार दाहाल र अधिकारी दम्पती सम्मानित

काठमाडौं – बनेपा जनगालस्थित सयपत्री प्रतिष्ठान नेपालले शिक्षाविद्, वरिष्ठ साहित्यकार