कोरोनाको उपचारमा प्रभावकारी देखिएको रेम्डिसिभिर औषधि बनाउन अमेरिकले गर्‍यो सम्झौता « Khabarhub

कोरोनाको उपचारमा प्रभावकारी देखिएको रेम्डिसिभिर औषधि बनाउन अमेरिकले गर्‍यो सम्झौता


२ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकी औषधि निर्माता कम्पनी जिलिडले कोभिड–१९ विरुद्ध प्रयोग गरिने रेम्डिसिभिर औषधि बनाउन भारत र पाकिस्तानसँग सम्झौता गरेको छ ।

भारत र पाकिस्तानमा उत्पादन सुरु भए उक्त औषधि विश्वका १२७ देशमा आपूर्ति गरिनेछ । जिलिडले यी दुई देशका पाँचवटा औषधि बनाउने कम्पनीसँग सम्झौता गरेको बीबीसीले जनाएको छ ।

विश्वभरिका अस्पतालमा गरिएको प्रयोगशाला परीक्षणबाट रेम्डिसिभिर प्रयाेग गर्दा १५ दिन देखिने सुधारकाे लक्षण ११ दिनमा पाइएको छ । रेम्डिसिभिर यसअघि इबोलाको उपचारका लागि विकास गरिएको थियो ।

अमेरिकी ‘नेशनल इन्स्टिच्युट अफ एलर्जि एण्ड इन्फेक्शस डिजिज’ले गरेको परीक्षण प्रयोगशालाबाट रेम्डिसिभिरको प्रयोग कोभिड–१९ का सङ्क्रमितमा सुहाउँदो फेला परेको छ । यद्यपि सङ्क्रमणबाट हुने मृत्युमा रेम्डिसिभिरको प्रभावबारे अझै स्पष्ट भइसकेको छैन ।

प्रकाशित मिति : २ जेठ २०७७, शुक्रबार  १० : ०६ बजे

तुलसीपुर हिरासतका एक थुनुवाको मृत्यु

तुलसीपुर – दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा

बेइजिङ – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुगेको चिनियाँ

सिरहाबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा – जिल्ला प्रहरी कार्यालय सिरहाले खैरो हिरोइनसहित दुई जनालाई

ठगी मुद्दामा रविले भन्दै आएको ‘राजनीतिक प्रतिशोध’लाई मान्यता, गम्भीर अभियोगबाट सिधै उन्मुक्ति

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

पार्टीको विवाद विधान र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ : नैनसिंह महर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी विधान, लोकतान्त्रिक