चीनविरोधी प्रस्ताव अमेरिकी सिनेटबाट पारित | Khabarhub Khabarhub

चीनविरोधी प्रस्ताव अमेरिकी सिनेटबाट पारित


२ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकी सिनेटबाट चीन विरोधी प्रस्ताव पारित भएको छ । चीनका उइगुर मुसलमानलगायत अल्पसंख्यक समुदायको मानव अधिकार हनन् भइरहेको दाबी गर्दै अमेरिकी सिनेटमा चीन सरकारसँग जवाप माग्ने प्रस्ताव पारित भएको हो ।

सिनेटमा सर्वसम्मतिबाट पारित भएको अब अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा छलफलका लागि जानेछ।

कोभिड-१९ को महामारीका लागि अमेरिकी राष्‍ट्रपति डोनाल्ड ट्रम्पले चीनलाई जिम्मेवार मान्दै आएका छन्। पछिल्लो प्रस्ताव दुई देशको सम्बन्ध चिसिएको उदाहरण हो।

उक्त प्रस्तावले चीनको सिन्जियाङ शहरका मुसलमान समुदायको मानव अधिकारको रक्षा गर्न र उनीहरूमाथि भइरहेको उत्पीडनको विरोध गरेको छ।

चीनले भने आफ्नो देशभित्र रहेका अतिवादीहरू कारवाही गर्दै आएको बताउँदै आएको छ।

गत वर्ष चीनले उक्त समुदायका करिब १० लाख जनालाई शिविरहरूमा राखेर उनीहरूको ‘ब्रेन वास’गराएको आरोपसहितको समाचार बीबीसीले लेखेको छ ।

प्रकाशित मिति : २ जेठ २०७७, शुक्रबार  ११ : १४ बजे

राष्ट्र बैङ्कले सरकारलाई ४२ अर्ब रुपैयाँ उपलब्ध गराउने

काठमाडौं– नेपाल राष्ट्र बैङ्कको सम्पत्ति तथा दायित्व २६ खर्ब २३

ऊर्जामन्त्रीको महसुल उठाउने निर्णय सही भएको आयोगको ठहर

काठमाडौं – विद्युत् नियमन आयोगले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ महसुल

शरणार्थीको सुविधामा व्यापक कटौती गर्दै बेलायत

लण्डन – बेलायतले शरणार्थीको सुरक्षामा भारी कटौती गर्ने र शरण

आजदेखि एनपिएल : पहिलो खेलमा जनकपुर र काठमाडौं भिड्दै

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) आज सुरु

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर