नेकपाको सचिवालय बैठकमा नीति तथा कार्यक्रमबारे छलफल | Khabarhub Khabarhub

नेकपाको सचिवालय बैठकमा नीति तथा कार्यक्रमबारे छलफल

स्थायी कमिटी बैठकबारे कुरै भएन


२ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठकमा सरकारले आज प्रस्तुत गर्ने नीति तथा कार्यक्रमका बारेमा छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटार बसेको बैठकमा आज संसदमा राट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गर्न लागेको आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रमकारे छलफल भएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

बैठकमा प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रमका बारेमा सचिवालयको धारणा माग गरेको प्रवक्ता श्रेष्ठले बताए । बैठकमा सचिवालय सदस्यहरू महत्वपूर्ण सुझावहरु दिएको श्रेष्ठले बताए ।

‘प्रधानमन्त्रीले सरकारको नीति तथा नीति कार्यक्रमका सन्दर्भमा केही महत्वपूर्ण सुझाव छन् भने अझै पनि दिन हुन सचिवालय बैठकलाई अनुरोध गर्नुभयो’ उनले भने, ‘त्‍यसका बारेमा केही विषयमा महत्वपर्ण सुझावहरु सचिवालय बैठकबाट दिने काम भयो ।’

आजको बैठकमा स्थायी कमिटी बैठकका बारेमा छलफल हुने बताइए पनि यो विषयले प्रवेश पाएन । मिति तोकेपछि २ पटकसम्म स्थगित भएको स्थायी समिति बैठकका विषयमा छलफल नै नभएको प्रवक्ता श्रेष्ठले बताए।

श्रेष्ठले भने, ‘आजको बैठकमा त्यसको कुनै टुंगो भएको छैन, नीति तथा कार्यक्रमपछि सचिवालय बैठकका बीचमा केही छलफल होला ।’

प्रकाशित मिति : २ जेठ २०७७, शुक्रबार  ११ : २३ बजे

लोकतान्त्रिक शासन प्रणालीमा न्यायालय

लोकतन्त्रको मेरुदण्ड स्वतन्त्र, निष्पक्ष र विश्वसनीय न्याय व्यवस्था हो। जब

सबैलाई चकित पार्दै जी–७ सम्मेलन छाडेर अमेरिका फर्किए ट्रम्प

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडामा जारी जी–७ सम्मेलनमा सबैलाई

दिगो आर्थिक रूपान्तरण आजको आवश्यकता हो : प्रवक्ता महत

गलकोट– पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले दिगो

इजरायली हमलामा परी दुई इरानी सञ्चारकर्मी मारिए

तेहरान- इरानी राज्य प्रसारक टेलिभिजन आईआरआईबीमा इजरायलले गरेको आक्रमणमा दुई

सुर्खेतबाट हिँडेर ३१ दिनमा काठमाडौं आइपुगे नवराज बोहरा (तस्बिरहरू)

काठमाडौं– जेठ ४ गतेदेखि सुर्खेतबाट पैदल यात्रा सुरु गरेको नवराज