कोरियामा एक नेपालीको सुतेकै अवस्थामा मृत्यु « Khabarhub

कोरियामा एक नेपालीको सुतेकै अवस्थामा मृत्यु


२ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ख्यङ्जु- इपिएस प्रणालीमार्फत रोजगारीको सिलसिलामा दक्षिण कोरिया आएका एक नेपालीको मृत्यु भएको छ ।

दक्षिण कोरियाको ख्यङ्जु शहर नजिकै एक कम्पनीमा कार्यरत स्याङ्जाका ३३ वर्षीय खड्काबहादुर थापाको मङ्गलबार साँझ मृत्यु भएको हो ।

विगत सात वर्षदेखि कोरियामा कार्यरत थापा, कम्पनीको ‘नाइटड्युटी’ सकेर मङ्गलबार बिहान ९ बजेतिर सुतेका थिए ।

कोठामा एक्लै सुत्ने गरेका थापा साँझको ६ बजेसम्म पनि नउठेपछि कम्पनीमा सँगै काम गर्ने साथीले हेर्न जाँदा मृतावस्थामा फेला परेका थिए । लगत्तै उनीहरूले दक्षिण कोरियाको प्रहरीलाई खबर गरेका थिए ।

उक्त कम्पनीमा खड्काबहादुर थापासहित पाँच नेपाली र तीन चिनियाँ कामदार रहेको मृतकका सहकर्मीले जानकारी दिए ।

मृतक थापाको शव ख्यङ्जु नजिकै शवगृहमा राखिएको छ । घटनाको आवश्यक छानबिन र मृतकको शव व्यवस्थापनका बारेमा परिवारसँग सल्लाह गरिने कोरियाका लागि कार्यवाहक नेपाली राजदूत रामसिंह थापाले जानकारी दिए।

प्रकाशित मिति : २ जेठ २०७७, शुक्रबार  १२ : ०३ बजे

ललितपुरको महालक्ष्मीस्थानमा सडक भासियो (तस्बिरहरू)

ललितपुर– ललितपुरको महालक्ष्मीस्थानमा अविरल वर्षाका कारण सडक भासिएको छ । महालक्ष्मी

सिक्किम सुरुङ दुर्घटना : नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता

नयाँदिल्ली– भारतको हिमाली राज्य सिक्किममा निर्माणाधीन जलविद्युत् आयोजनाको सुरुङ भत्किँदा

सिरहा ट्राफिकले गर्‍यो एक करोड बढी राजस्व संकलन

जनकपुरधाम– जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहाले गत आर्थिक वर्ष २०८२-८३

निर्वाचन आयोगका सिफारिस पदाधिकारीको सुनुवाइ साउन १२ र १३ मा

काठमाडौं– संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख आयुक्त र आयुक्त

कीर्तिपुरमा कारभित्रै जलेको अवस्थामा एक व्यक्तिको शव भेटियो, प्रहरीले अनुसन्धान थाल्यो

काठमाडौं- काठमाडौंको कीर्तिपुरस्थित चाँदनीचोकमा एक व्यक्तिको कारभित्र जलेको अवस्थामा शव फेला