सिन्धुपाल्चोकमा बाहिरी जिल्लाबाट तरकारी फलफूल ल्याउन रोक | Khabarhub Khabarhub

सिन्धुपाल्चोकमा बाहिरी जिल्लाबाट तरकारी फलफूल ल्याउन रोक


२ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकमा बाहिरी जिल्लाबाट तरकारी र फलफूल ल्याउन रोक लगाइएको छ । कोभिड–१९ विपद् व्यवस्थापन केन्द्रको बैठकले कोरोना सङ्क्रमणको जोखिम हुने भन्दै बाहिरी जिल्लाबाट आउने तरकारी र फलफूल ल्याउन रोक लगाएको हो ।

आयातमा रोक लगाएसँगै जिल्ला भित्रने नाकामा सुरक्षा व्यवस्था कडा बनाइएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए।

स्थानीयरूपमै उत्पादन गरिएका तरकारी तथा फलफूललाई बजारमा ल्याउने र समन्वयका लागि स्थानीय तहलाई जिम्मा दिने निर्णय गरिएको ढकालले बताए ।

“हामीले अन्य जिल्लाबाट आउने तरकारी फलफूलको आयात मात्रै रोकेका हौँ, जिल्लामा उत्पादन भएका बिक्रीवितरण गर्न पाइन्छ”, उनले भने, “जिल्लामै उत्पादन भएका तरकारी फलफूलले पुग्छ ।”

बाहिरबाट आउने तरकारी आयातमा रोक्दा जिल्लामा अभाव नहुने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ, सिन्धुपाल्चोकका वरिष्ठ कृषि अधिकृत प्रकाश पौडेलले बताए । उनले भने, “सामान्यतया सागपात र तरकारी प्रायः सबैले आफ्नो करेसाबारीमा रोपेकै छन् । यस वर्ष मात्रै जिल्लामा ७६ हजार टन आलु फलेको छ, जिल्लालाई जम्मा ३५ हजार टन आलु चाहिन्छ ।”

वितरण प्रणाली कमजोर भएका कारणले कुन पालिकामा आवश्यकताभन्दा बढी सञ्चय भएको छ र कुन पालिकामा अपुग भएको छ, त्यसको लेखाजोखा गरी समन्वय गर्दा समस्या नआउने उनले बताए ।

आवतजावतमा थप कडाइ

मेलम्ची नगरपालिकाले आवतजावतमा थप कडाइ गरेको छ । आजै मात्र लुम्बिनीबाट आएका एक जनालाई क्वारेन्टाइनमा राखिएको छ । उनलाई लिएर पाँचपोखरी थाङ्पाल गाउँपालिका जान लागेका मोटरसाइकलचालक र उनलाई खाल्डेखोला प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए ।

चालकलाई भने होमक्वारेन्टाइनमा बस्न भनिएको छ । मोटरसाइकलको माध्यमले मानिस ओसारपसार गर्नेलाइ निगरानी गरी यस्तो गतिविधिलाई बन्द गरिने मेलम्ची नगर उपप्रमुख भगवती नेपालले जानकारी दिए । अहिले मेलम्ची क्षेत्रीय क्वारेन्टाइनमा आठ जना रहेको उपप्रमुख नेपालले जानकारी दिए ।

यसैबिच बिहीबारबाट पुनः लकडाउनलाई थप कडा पारिएको छ । ‘म्यान क्याचर’ यन्त्रबाट सात महिला र १३ पुरुषलाइ नियन्त्रणमा लिइ कोरोना सङ्क्रमण हुने तरिका, लकडाउन र हातधुने तरिकाका बारेमा एक घण्टाको प्रशिक्षणपछि अब लकडाउनको उल्लङ्घन नगर्ने शर्तमा छाडिएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक तामाङले जानकारी दिए ।

साथै लकडाउनलाई बेवास्ता गर्दै गुडेका १५ मोटरसाइकल र चालकलाई कारवाही गरिएको तामाङले जानकारी दिए । सङ्घीय सरकारको निर्देशनानुसार मेलम्ची प्रवेश गर्ने नाकामा थप कडाइ गरिएको छ । बाहुनेपाटी, भोटेचौर र ढाँडखोलाका नाकामा थप कडाइ गरिएको तामाङले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २ जेठ २०७७, शुक्रबार  १२ : ४१ बजे

ट्रकको ठक्करबाट एक पैदल यात्रीको मृत्यु

धरान– धरान उपमहानगरपालिका–११ मा मिनी ट्रकको ठक्करबाट एक पैदल यात्रीको

कीन इण्डियाद्वार १४५ जनाको उद्धार गरी स्वदेश फिर्ता 

काठमाडौं– मानव बेचबिखनविरुद्ध काम गर्दै आएको संस्था (कीन इण्डिया)ले १४५

अर्थसंक्षेप : नेपालको निर्यात ३१ प्रतिशतले बढ्यो, वाणिज्य बैंकहरूको नाफा घट्यो

काठमाडौं– चालु आर्थिक वर्षको ६ महिनामा अघिल्लो आर्थिक वर्षको सोही

स्वास्थ्य बीमा सुधार गर्न स्वास्थ्यमन्त्रीद्वारा आन्तरिक थालनी, कार्ययोजना शुरु  

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा सुधार