तिलेश्वर र तिनपाने भञ्ज्याङमा हेल्थ डेस्क स्थापना « Khabarhub

तिलेश्वर र तिनपाने भञ्ज्याङमा हेल्थ डेस्क स्थापना


२ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर- कोरोना भाइरसको जोखिम हुन नदिन लकडाउन जारी रहँदा गोदावरी नगरपालिका वडा नं ५ तिलेश्वर र वडा नं ६ तिनपाने भञ्ज्याङमा हेल्थ डेस्कको शुरुआत भएको छ ।

नगरपालिकाको दक्षिण भेग नाकाका रुपमा पर्ने यी स्थानमा बिहीबारदेखि डेस्कको सञ्चालन भएको नगर प्रमुख गजेन्द्र महर्जनले जानकारी दिए । उनले भने, “उक्त दुई नाकाबाट नगरक्षेत्र प्रवेश गर्ने व्यक्तिको अनिवार्यरुपमा स्वास्थ्य परीक्षण गर्न जरुरी देखियो । तिनपाने भञ्ज्याङको सडक कान्ति लोकपथअन्तर्गत पर्ने र यहाँबाट मानिस प्रवेश गरिरहेका सूचनाको आधारमा हामीले डेस्कको स्थापना गरेका हौँ ।”

उक्त डेस्क सञ्चालन गर्न वडा नं ५ का वडाध्यक्ष मिलन सिलवाल र ६ का वडाध्यक्ष विष्णुमान महर्जनले समन्वयकारी भूमिका खेलेका थिए ।

सो हेल्थ डेस्क सञ्चालनमा नेपाली सेना र नेपाल प्रहरीको सहभागिता रहेको थियो । यसैगरी गोदावरीले नगरपालिकाले भीडभाड नगर्न र अन्य जिल्लाबाट बहालमा बस्ने व्यक्ति आएमा अनिवार्यरुपमा वडा कार्यालयमा जानकारी गराउन आग्रह समेत गरेको छ ।

यसका साथै सो नगरपालिकाले अन्यत्रबाट आउने व्यक्तिलाई कसैले लुकाई–छिपाई राखेमा सम्पूर्ण जिम्मेवारी घरधनीको हुनाका साथै स्वास्थ्य ऐनबमोजिम कारवाही हुने जानकारी गराएको छ ।

प्रकाशित मिति : २ जेठ २०७७, शुक्रबार  १ : ०८ बजे

विशाल लक्ष्यमा मुम्बईको जित : बने महत्त्वपूर्ण रेकर्ड

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल)मा मुम्बई इन्डियन्सले ऐतिहासिक जित

कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पोखराको लेकसाइडका आठ स्पा सञ्चालक पक्राउ

गण्डकी – जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडमा सञ्चालित स्पा

डलर उच्च बिन्दुमा : सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौँ – आज २०८२ साल चैत १६ गते सोमबार चैत