फिलिपिन्समा आँधीबाट डेढलाख मानिस प्रभावित | Khabarhub Khabarhub

फिलिपिन्समा आँधीबाट डेढलाख मानिस प्रभावित


२ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मनिला– फिलिपिन्सको पूर्वी सामार प्रान्तमा समुद्री आँधीबाट डेढलाख भन्दा बढी मानिस प्रभावित भएका छन् । कोरोनाभाइरसको महामारीका बीच उद्धार र राहतमा निकै जटिलता देखिए पनि आँधी केही मत्थर भएपछि मानिसहरु शुक्रबार आआफ्ना घरगाउँबाट आश्रय शिविरमा आउन थालेका छन् ।

भोङफोङ नाम दिइएको उक्त समुद्री आँधीले बिहीबार पूर्वी सामार प्रान्तको तटीय इलाकामा व्यापक असर पारेको थियो । फिलिपिनी जल तथा मौसम विज्ञान विभागका अधिकारीहरुका अनुसार यो आँधी निकै घना बस्ती भएको उत्तरी लुजोन द्विपतर्फ बढेको छ ।

आँधीको उच्चतम वेग १२५ किलोमिटर प्रतिधण्टामा झरेको छ । शुरुमा यो आँधीको बेग १६५ किलोमिटर प्रतिघण्टा थियो । मौसम पूर्वानुमान विभागले यस आँधीको वेग केही कम भए पनि यसबाट तटीय इलाकाका गाउँघरमा ठूलै नोक्सान गर्ने जनाएको छ । यो आँधी आइतबार फिलिपिन्सको उत्तरी क्षेत्रमा पुग्ने अनुमान गरिएको छ ।

उत्तरपूर्वी बाइकोल क्षेत्रमा १ लाख ४५ हजारभन्दा बढी गाउँलेहरुलाई आपतकालीन अस्थायी शिविरहरु खासगरी विद्यालयहरुमा सारिएको छ । नागरिक उद्धार कार्यालयका निर्देशक क्लाउडियो युकोटले सामार प्रान्तका अरु हजारौं व्यक्तिलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने योजना बनाइएको जानकारी दिए।

विगतमा भन्दा यसपटकको उद्धार कार्य निकै जटिल बनेको छ । उद्धारकर्मी र स्वयंसेवीले मास्क र सुरक्षित सामग्री लगाउनु परेको छ । युकोटका अनुसार कोरोनाभाइरस रोगबाट सुरक्षित राख्न पनि ठूलो संख्यामा मानिसहरुलाई उद्धार गर्न कठिन भएको छ ।

बाइकोल क्षेत्रमा पनि दर्जनौं व्यक्ति कोरोनाभाइरसबाट संक्रमित भएका र चार जनाको मृत्यु समेत भएकाले यस पटकको उद्धार कार्य निकै जटिल बनेको युकोटको भनाइ छ । उनले उद्धार केन्द्रहरुको व्यवस्थापन पनि निकै चुनौतीपूर्ण बनेको बताए ।

विगतमा एउटा उद्धार आश्रय स्थलमा ४० जनासम्म राख्न मिल्थ्यो, अहिले चार परिवार मात्र राख्न सकिने भएको छ ।

मनिला समेत मुलुकका विभिन्न शहरमा लकडाउन जारी रहेको छ, तर फिलिपिन्स सरकारले समुद्री विपदालाई विचार गरी केही प्रभावित क्षेत्रमा लकडाउनलाई खुकुलो बनाउने निर्णय गरेको छ ।

फिलिपिन्समा झण्डै १२ हजार मानिस कोरोना संक्रमित छन् भने ७९० जनाको मृत्यु भइसकेको छ । कोरोनाभाइरसबाट दक्षिणपूर्वी एसियाली मुलुकहरुमा फिलिपिन्स सबैभन्दा बढी प्रभावित छ ।

प्रकाशित मिति : २ जेठ २०७७, शुक्रबार  १ : ४३ बजे

शुक्लाफाँटामा दुर्लभ वन्यजन्तु कृष्णसारको सङ्ख्यामा वृद्धि

कञ्चनपुर– शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा संरक्षित दुर्लभ वन्यजन्तु कृष्णसारको सङ्ख्या निरन्तर

शिल्पा शेट्टी र राज कुन्द्राविरुद्ध ठगी मुद्दा दर्ता : ६० करोड ठगीको आरोप

मुम्बई – बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टी र उनका पति,

पदमार्गको अभावले ओझेलमा ‘जल्पाताल’

ढोरपाटन– चारैतिर अग्ला पहाड । बीचमा टक्क अडिएको निश्चल पानी

चार दशकपछि डिस्को डान्सरको सिक्वेल: रणवीर वा अल्लु अर्जुन मिथुनको भूमिकामा

मुम्बई – सन् १९८२ मा रिलिज भएको ‘डिस्को डान्स’ हिन्दी

अकूत सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर 

काठमाडौं– अकूत सम्पत्ति कमाएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संस्कृति,