एक वर्ष कार्यकाल छँदै विश्व व्यापार संगठनका अध्यक्षले दिए राजीनामा « Khabarhub

एक वर्ष कार्यकाल छँदै विश्व व्यापार संगठनका अध्यक्षले दिए राजीनामा


२ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जेनेभा- विश्व व्यापार संगठन (डब्लुटिओ)का महानिर्देशक रोबर्टो अजिभिडोले आफ्नो कार्यकाल एक वर्ष बाँकी छँदै पदबाट राजीनामा दिएका छन् ।

अमेरिका–चीनबीच व्यापार तनाब जारी नै रहेको तथा कोरोना भाइरसका कारण विश्व अर्थतन्त्रमा व्यापक असर पारेकै अवस्थामा डब्लुटिओका प्रमुखले “व्यक्तिगत” कारण देखाउँदै राजीनामा गरेका हुन् ।

उनले आफ्नो पदबाट आगामी अगष्ट ३१ लागू हुने गरी राजीनामा दिएका हुन् । उनी विगत सात वर्षदेखि डब्लुटिओको प्रमुखको रुपमा कार्यरत थिए ।

स्वीट्जरल्याण्डको जेनेभामा मुख्यालय रहेको डब्लुटिओ र यसको नेतृत्वको कार्यशैलीप्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तिखो आलोचना गर्दै आएका थिए । उनले चीनसँगको व्यापार युद्धका क्रममा डब्लुटिओले चीनको पक्षमा बढी काम गरेको र अमेरिकी सरोकारका विषयमा विल्कुलै चासो नदिएको आरोप लगाएका थिए ।

डब्लुटिओको मुख्यालयमा संगठनका प्रतिनिधिहरुसँगको विशेष बैठकमा महानिर्देशक अजिभिडोले आफूले यस राजीनामालाई सामान्य रुपमा नलिएको बताउँदै आफ्नो राजीनामा पारिवारिक निर्णय र व्यक्तिगत निर्णय रहेको स्पष्ट गर्नुभयो । आफ्नो राजीनामाले संगठनको सर्वोत्तम हितलाई पक्षपोषण गर्ने पनि उनको विश्वास छ ।

डब्लुटिओ स्थापना भएको २५ वर्ष पुगेको छ, तर कुनै पनि महानिर्देशकले बीचमै पदत्याग गरेका छैनन् । संगठनको नियम बमोजिम अब नयाँ महानिर्देशकको नियुक्तीको प्रक्रिया शुरु हुनेछ ।

ब्राजिली अर्थशास्त्री अजिभिडोको नेतृत्वको डब्लुटिओ विरुद्ध ट्रम्प प्रशासनले निरन्तर आलोचना गरेको थियो । डब्लुटिओले चिनियाँ कैयौं व्यापार व्यवसायमा चीन सरकारले स्वीकृत नियम विपरीत दिइरहेको सरकारी अनुदानलाई आँखा चिम्लेको तथा बौद्धिक सम्पत्तिको सुरक्षाका मामिलामा डब्लुटिओले ढुलमुले नीति लिएको आरोप अमेरिकाको छ ।

पेन्सिलभेनिया प्रस्थान गर्नुअघि ह्वाइट हाउसमा पत्रकारहरुसँग कुरा गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अजेभेडोको राजीनामा उपयुक्त निर्णय भएको बताए । उनले भने, “विश्व व्यापार संगठनले हामीलाई निकै नराम्रो व्यवहार गरेको थियो । मैले यो कुरा लामो समयदेखि भन्दै आएको छु । उनीहरुले चीनलाई विकासशील मुलुक ठान्छन्, त्यसकारण चीनले त्यसको आडमा धेरै लाभ लिइरहेको छ तर अमेरिकाले केही पाएको छैन ।”

सन् २००१ मा चीनले डब्लुटिओको सदस्यता प्राप्त गरेको थियो ।

प्रकाशित मिति : २ जेठ २०७७, शुक्रबार  १ : ५२ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै