प्रदेश नं २मा स्वाब सङ्कलनको दायरा बढाइयो « Khabarhub

प्रदेश नं २मा स्वाब सङ्कलनको दायरा बढाइयो


२ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर- प्रदेश नं २ कोरोना सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएपछि स्वाबको नमूना सङ्कलन साथै कन्टयाक्ट ट्रेसिङको दायरा बढाइएको छ । ती दुवै कार्यमा तीव्रता ल्याउन काठमाडौँबाट विशेष टोली यहाँ आइपुगेपछि दायरा बढाइएको हो ।

गत वैशाख ३० र ३१ गते कोरोना पुष्टि भएका ६० जनाको सम्पर्कमा आएका ३७० जनाको क ट्रेसिङ गरी स्वाबको नमूना सङ्कलन कार्य भइरहेको समाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले जानकारी दिए ।

यसका साथै वीरगञ्जबाट फरार भएका दुई सङ्क्रमितमध्येका ४४ वर्षीय एक व्यक्तिमा मोटरसाइकलमा चढेर धुबिनीगाउँ पुगेको जनाइएको छ । सो मोटरसाइकल चालक सहित छ जना आफन्तको पनि स्वाबको सङ्कलन गरिने भएको छ । अर्को व्यक्ति कसैको सम्पर्क नआएको बताइएको छ । दुवै जनालाई पक्राउ गरी पुनः भर्ना गरिएको छ ।

राजविराजस्थित गजेन्द्रनारायणसिंह अस्पतालमा बिहीबारदेखि स्वाबको नमूना सङकलन भइरहेको छ । यसका साथै सप्तरीको खड्गपुर, राजगढ र तीलाठी–कोइलाडी गाउँपालिकामा पनि नमूना सङ्कलन गरिनेछ । सर्लाहीका ४५ वर्षीय सङ्क्रमितको सम्पर्कमा आएका तीन जनाको नमूना लिइसकिएको उहाँले जानकारी गराउनुभयो । धनुषा र महोत्तरीको जोखिम क्षेत्र पहिचान गरी स्वाब सङ्कलन गरिनेछ ।

सिरहा जिल्लामा भारतबाट लुकीछिपी प्रवेश गर्नेहरुको सङ्ख्यामा वृद्धि भइरहेकाले यसतर्फ स्थानीय समुदायलाई निगरानी गर्न र प्रवेश गरेका व्यक्तिलाई नजिकको क्वारेन्टाइनमा राख्न जोड दिइएको छ । प्रदेशमा बिहीबारसम्ममा चार हजार ६०० जनाको स्वाब सङ्कलन गरिएको छ । सोमध्ये तीन हजार ७२९ को रिपोर्ट नेगेटिभ आएको छ भने ७७४ जनाको रिपोर्ट आउन बाँकी छ ।

वीरगञ्जस्थित नारायणी अस्पतालमा ६३ र वीरगञ्जस्थित स्कूलको आइसोलेसनकक्षमा आठ जनाको उपचार भइरहेको सचिव डा घिमिरेले बताउनुभयो । यस प्रदेशमा हालसम्म ९९ जनामा कोरोनाको सङ्क्रमण पुष्टि भइसकेको छ ।

पर्सामा सबैभन्दा बढी ८२, रौतहट, बारा र धनुषामा तीन–तीन र महोत्तरी र सर्लाहीमा दुई–दुई कोरोना सङ्क्रमित छन् । अन्य तीन जना भारतीय हुन् । सो सङ्क्रमितमध्ये वीरगञ्जका दुई र जनकपुरका एक गरी तीन सञ्चारकर्मी पनि कोरोनाबाट सङ्क्रमित भएको जनाइएको छ ।

प्रकाशित मिति : २ जेठ २०७७, शुक्रबार  २ : १० बजे

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत

सुधनले लगाइदिए कुमार बेनको घरमा ताला, कुरा नमिलेसम्म रवि र बालेनलाई जान नदिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

महावै गाउँपालिका जोड्ने सडक स्तरोन्नति गरिँदै

कालीकोट– कालीकोटको महावै गाउँपालिकाको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिने भएको