कोरोना संकटको अग्रपंक्तिमा खटिनेप्रति राष्ट्रपतिद्वारा आभार प्रकट « Khabarhub

कोरोना संकटको अग्रपंक्तिमा खटिनेप्रति राष्ट्रपतिद्वारा आभार प्रकट


२ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै कोरोना भाइरस संक्रमणको अग्रपंक्तिमा खटिनेप्रति आभार प्रकट गरेकी छिन् ।

उनले यस असहज अवस्थामा नोपलको राष्ट्रिय हित नै पहिलो प्राथमिकता रहेको बताइन् । उनले कोभिड–१९ का कारण विश्वमै संकट उत्पन्न भएको बताउँदै यस महामारीबट लाखौं मानिसको ज्यान गइसकेको बताइन् । उनले महामारीबाट ज्यान गुमाउने सबैमा हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै बिरामीहरुको शीर्घ स्वास्थ्य लाभको कामना गरेकी छिन् ।

कोभिड–१९ ले अर्थ व्यवस्थामा धक्का पु¥याएको बताइन् । उत्पादन र वितरण प्रणाली गम्भीर बनेको, लाखौंको रोजगारी गुमेको तथा व्यवधान उत्पन्न भएको जनाइन् ।  यो अदृश्य दुश्मनविरुद्ध विश्व समुदाय लडिरहेको छ । यसलाई पराजित गर्न ऐक्यवद्धता र आशावादको खाँचो  रहेको जनाइन्छ।

गुमेको मानव जीवनको पुनः प्राप्ति हुन नसक्ने बताउँदै मानवीय पुँजी समेत अपूरणयी हुन पुगेको बताइन् । कोभिड– १९  को संक्रमण नेपालमा फैलिएको भए पनि अहिलेसम्म जीवनरक्षा गर्न सफल भएको बताइन् ।

यस महामारीमाथि विजयी हासिल गर्न एकता आवश्यक रहेको बताउँदै रोकथामका लागि सरकारकाले चालेको कदममा साथ दिएकोमा धन्यवाद दिँदै सवैमा साथ दिन समेत आह्वान गरिन् ।

प्रकाशित मिति : २ जेठ २०७७, शुक्रबार  ४ : २८ बजे

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै