आन्तरिक राजस्वलाई आम्दानीको मुख्य स्रोत बनाइने « Khabarhub

आन्तरिक राजस्वलाई आम्दानीको मुख्य स्रोत बनाइने


२ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले आन्तरिक राजस्वलाई आम्दानीको मुख्य स्रोत बनाउने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सरकारले आन्तरिक राजस्वलाई प्रमुख आम्दानीको श्रोतको रुपमा लिने बताएकी हुन् ।

आर्थिक वर्षमा फजुल खर्च घटाएर चालू खर्चको आकार कम गर्ने घोषणा गरेको छ । चालू खर्च घटाएर उत्पादनमूलक क्षेत्रमा रकम खर्च गर्ने घोषणा गरेको हो ।

चालू आर्थिक वर्षको कूल बजेटमध्ये झण्डै दुई तिहाई बजेट चालू खर्चका लागि विनियोजन हुँदै आएको छ ।

१५ खर्ब ३२ अर्बको बजेटमा चालू खर्च मात्रै १० खर्बभन्दा बढी रहेको छ । सरकारले आगामी आर्थिक वर्षमा खर्चको स्रोत व्यवस्थापनमा आन्तरिक पूजीको प्रयोग बढी गर्ने घोषणा समेत गरेको छ ।

प्रकाशित मिति : २ जेठ २०७७, शुक्रबार  ५ : ३४ बजे

ऊर्जा मन्त्रालयमा सुशासन एकाइ गठन

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा ‘सुशासन एकाइ’ गठन गरिएको

सुहाङलाई पेलेर बादललाई दलको नेता बनाउने प्रयास

काठमाडौं– नेकपा एमाले संसदीय दलको नेतामा उपाध्यक्ष रामबहादुर थापाको बादल

राष्ट्रियसभा कार्यव्यवस्था बैठक- उपाध्यक्ष र समिति सभापतिको निर्वाचन अघि बढाइने

काठमाडौं– राष्ट्रिय सभाले सभाको उपाध्यक्ष र समिति सभापतिको निर्वाचन प्रक्रिया

पूर्णबहादुरको वक्तव्य अनधिकृत, फेरि दोहोर्‍याए कांग्रेसले कारबाही गर्ने

काठमाडौं- नेपाली कांग्रेस अनुशासन समितिको बैठकले चौधौँ महाधिवेशनका उपसभापति पूर्णबहादुर

चट्याङका कारण एक दशकमा हजार बढीको ज्यान गयो

काठमाडौं– गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रले सार्वजनिक गरेको पछिल्लो